क्यान्सर दिवसको दिन ओम अस्पतालमा सचेतना कार्यक्रम

What's This?


Download our app to get more features

काठमाडौं, २१ माघ । क्यान्सर दिवसको दिन ओम अस्पतालमा सचेतना कार्यक्रम भएको छ । क्यान्सर विशेषज्ञ लगायतको चिकित्सकहरुको टोलीले आइतवार अस्पतालमा सचेतना कार्यक्रम गरेका छन् । 

कार्यक्रममा क्यान्सर रोगको पहिचान, रोकथाम र उपचारका बारेमा जानकारी प्रस्तुत गरिएको थियो । 

ओम अस्पतालका अध्यक्ष रहेका डा भोला रिजालले क्यान्सर रोगको निदान बेलैमा हुनसके त्यसबाट बच्न सकिने बताए । डा रिजाल पत्नी समेत क्यान्सरबाट पीडित थिइन् । उनको समयमै रोगको पहिचान भएका कारण निको भएको डा रिजालले बताए । 

उनले भने 'क्यान्सर लागेर उपचार गर्नुभन्दा बेलैमा क्यान्सर लागेको थाहा पाउनु ठूलो हो ।' ओम अस्पतालले बर्षमा  तिनपटक क्यान्सर रोगको बारेमा जनचेतना कार्यक्रम गर्दै आएको डा रिजालले बताए । 

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा प्रकाशनिधी तिवारीले विश्वमा हरेक बर्ष ८२ लाख मानिसहरु क्यान्सरकै कारण मृत्यु हुने गरेको भन्दै यसबारे बेलैमा सचेत हुन जरुरी रहेको बताए । 'बालबालिकामा हुने क्यान्सर ८० प्रतिशतसम्म निको हुन्छ' उनले भने ।  

Last modified on 2018-02-04 18:21:11

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts