अनसनरत गंगामायाले औषधि लिन नमानेपछि उपचारमा कठिनाई

What's This?


Download our app to get more features

काठमाडौं, २२ माघ । चार बर्षदेखि अनसनरत रहेकी गोेरखा फुजेल गाविसकी गंगामाया अधिकारीको उपचारमा कठिनाई भइरहेको वीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्र कुमार बस्नेतले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छन् । 

वीर अस्पतालले माघ १७ गते स्वास्थ्य मन्त्रालयलाई पत्र लेखि  गंगामायाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएको थियो । 

गंगामायाले चिकित्सकले दिइरहेको नियमित औषधि सेवन गर्न अस्वीकार गर्नुका साथै नियमित रगत परीक्षण, एक्सरे परीक्षण गर्न नमानेका कारण उनको उपचारमा कठिनाई भइरहेको अस्पतालका निर्देशक प्राडा बस्नेतले मन्त्रालयलाई जानकारी गराएका छन् ।  

१६ साउन ०७० सालदेखि अनशनरत रहेकी उनी वीर अस्पतालको  मेन सर्जिकल क्याबिन नं ७ मा उपचारत छिन् । 

गंगामायाले माघ १६ गते देखि पुन आमरण अनसन शुरु गरेकी छिन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गंगामायाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

उनी सामान्य कुराकानी र हिँडडुल गर्न सक्छिन् ।  माघ १७ गते उनको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार उनको  BP 100/60 mm of Hg, pulse rate = 66/m,Tempeture = 97º F, Respiration Rate=16-18/m, Spo2 =96% ( without  O2),Urine output 1100 ML(till 24hours) रहेको छ । 

गंगामायाको जीवनरक्षाको लागि आवश्यक सबै उपचार प्रक्रिया अवलम्बन गर्न अस्पताल तयार रहेको निर्देशक प्राडा बस्नेतले जानकारी दिए । 

Last modified on 2018-02-09 09:18:14

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts