स्वास्थ्यकर्मीलाई मानसिक रोग उपचार सम्बन्धी तालिम प्रदान

What's This?


Download our app to get more features

सुनसरी, २१ माघ । आकस्मिक अवस्थामा मानसिक स्वास्थ्य समस्याको उपचार कसरी गर्ने भन्ने विषयमा इटहरीका स्वास्थ्यकर्मीलाई शनिबार एक दिने तालिम दिएको छ । 

पूर्वी नेपालका ग्रामीण क्षेत्र र आकस्मिक स्वास्थ्य सेवा प्रदायक ३० स्वास्थ्यकर्मीलाई बेलायतमा कार्यरत वरिष्ठ मनोरोग विशेषज्ञ डा. अरुण झा, सशस्त्र प्रहरी अस्पतालकी प्रहरी उपरीक्षक डा. निशिता पाठक र मेन्टल हेल्थ फस्ट एड इन्सट्रक्टर प्रभातकिरण प्रधान सहितको टोलीले तालिम दिएको प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका हेल्थ असिस्टेण्ट रामकुमार धमलाले बताए ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरूको समूह इन्टरनेशनल सेन्टर फर इमर्जेन्सी मेडिसिन (आइसिइएम) र इन्टरनेशलन एकेडेमी फर मेडिकल लिडरसिप (आइएएमएल) तथा  विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी विभागको प्राविधिक सहयोग तथा इटहरी प्राथमिक स्वास्थ्य केन्द्र, रेडक्रस सोसाईटी, उपशाखा इटहरी र संगीत साधना प्रतिष्ठान इटहरीको आयोजनामा तालिम आयोजना भएको हो ।

तालिमका अवसरमा कोशी अञ्चल अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रोशन पोख्रेलले मानसिक समस्या पनि मुटु तथा मधुमेह जस्तैं भएकोले समयमै उपचार गरे समाधान हुने बताए । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी विभागको प्रमुख एसोसिएट प्राडा रविन भण्डारीले तालिमले आकस्मिक अवस्थामा मानसिक रोगीलाई प्राथमिक सेवा पुर्याउन स्वास्थ्यकर्मीमा ज्ञान र सीप अभिवृद्धि गर्ने बताए । 
 

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts