स्वास्थ्य प्रयोगशाला विभागको माग गर्दै मेलानको काठमाडौं सम्मेलन सम्पन्न

What's This?


Download our app to get more features

काठमाडौं, २२ माघ । मेडिकल ल्यावोरेटरी एशोसियसन अफ नेपाल (मेलान)ले स्वास्थ्य प्रयोगशाला विभाग, काउन्सिल, न्युनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने माग गरेको छ । 
  
मेलानको काठमाडौं जिल्ला सम्मेलनमा स्वास्थ्य प्रयोगशाला सहित विभाग रहनुपर्ने मागपत्र प्रस्तुत गरिएको छ । 

सम्मेलनमार्फत मेलानको काठमाडौं शाखामा भोला पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यासमितिको उपाध्यक्षमा निरन्जन खनाल, सचिवमा पुष्कर सत्याल, सहसचिवमा आशिष श्रेष्ठ र कोषाध्यक्षमा फणिन्द्र ज्ञवाली निर्वाचित भएका छन् । 

निजी क्षेत्रमा काम गर्ने प्रयोगशालाकर्मीहरुको न्यूनतम पारिश्रमिक र जोखिम भत्ताको सुनिश्चितता हुनुपर्ने मेलानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद रिजालले बताए । 

सम्मेलनमा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा तारानाथ पौडेल सहित सरकारी, निजी क्षेत्र र गैरसरकारी क्षेत्रमा काम गर्ने प्रयोगशालाकर्मीहरुको सहभागीता रहेको थियो । 

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts