एउटै कुकुरको टोकाइबाट १३ जना घाइते,८ जनालाई काठमाडौं ल्याइयो



Download our app to get more features

महोत्तरी,२३ माघ । महोत्तरीको बर्दिवास नगरपालिकामा कुकुरको टोकाइबाट सोमबार १३ जना घाइते भएका छन् । बर्दिवास बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । 

१३ जनालाई आज एकै दिन कुकुरले टोकेको हो । घाइते मध्ये ८ जनालाई थप उपचारको लागि काठमाडौ स्थित टेकु रिफर गरिएको छ । 
अधिकाँशलाइलाई घाँटी माथी टोकेको कारण उपचार गर्न काठमाडौं रेफर गरिएको बर्दिवास अस्पतालले जनाएको छ । 

बाटोमा हिड्नेहरुलाइ कुकुरले टोक्दै हिडेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानै देखि कुकुर टोकेको खबर फैलिएपछि स्थानीय त्रसित बनेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts