जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन 



Download our app to get more features

रामपुर, पाल्पा, २३ माघ (रासस) : पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । 

शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण भएको छ । एकतले तीन कोठासहितको भवन निर्माण गरिएको हो । 

स्थानीयवासीको रु पाँच लाख ५० हजार जनश्रमदान, साविक सिलुवा गाउँ विकास समितिको रु तीन लाख ५० हजार र पूर्वखोला गाउँपालिका वडा नं १ को रु ५० हजार गरी जम्मा रु नौ लाख २८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको हो । 
यस सामुदायिक स्वास्थ्य एकाइमा हाल एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले सेवा दिँदै आएका छन् ।

यहाँका स्थानीय चेतन जर्घा र कृष्ण नेपालीले भवन निर्माणका लागि जग्गा सहयोग गरेका थिए ।  नयाँ भवन निर्माण भएसँगै सेवासुविधा थप हुने स्थानीयवासीले आशा व्यक्त गरेको जग्गादाता कृष्ण नेपालीले बताए ।  
 

Last modified on 2018-02-06 08:57:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts