विशेषज्ञ चिकित्सक अभावले कोशी अस्पतालको उपचार सेवा प्रभावित



Download our app to get more features

विराटनगर, २३ माघ । पूर्वी नेपालकै ठूलो सरकारी अस्पताल कोशी अञ्चल अस्पताल विराटनगरमा  दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ ।

स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा ११औं तहका विशेषज्ञ चिकित्सकले दिने सेवा आठौं तहका मेडिकल अफिसरले दिइरहेका छन् । 
दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा ११औं तहका विशेषज्ञ (कन्सलटेन्ट) ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जनाको दरबन्दी छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले ४० जनाको दरबन्दी भए पनि ११औं तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताए । आठौँ तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् ।
विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ति गरेर सेवा दिनु परेको अस्पतालले जनाएको छ । जसले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन अधिकारबाटै बञ्चित हुनु परेको छ । 

सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरेपनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताए । 
 

Last modified on 2018-02-06 17:24:47

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts