मधुमेहले आँखा जाला है !



Download our app to get more features
Spark_health_home

धुमेह अल्पबिकसित र विकाससिल देशहरुमा अन्धोपनको एक प्रमुख कारण हो । मधुमेहले मस्तिष्क, किड्नी र मुटु लगायत  आँखा जस्तो अति महत्वपुर्ण अंगमा असर गर्दछ ।  मधुमेह सिर्जित दृष्टि समस्या बिस्तारै बढ्दै जाने र बिरामीले थाहा नपाई धेरै क्षति भैसकेको पनि हुन सक्छ । त्यस  कारण   यसलाई “silent disease” को रुपमा पनि लिन सकिन्छ । मधुमेह भएका मानिसहरुले  समस्या आए पछी मात्र आँखा परिक्षण गर्ने सोच बनाउनु  हानिकारक हुन्छ । नियमित जांचमा  सामान्य किसिमको   समस्या आइसकेको थाहा लागेमा दृष्टि कमजोर हुनबाट बचाउन  र  त्यो  भन्दा बढी  हानी हुनबाट रोक्न सकिन्छ ।  समयमा नै रोग पत्ता लगाउन नसकिएमा दृष्टि बचाउन कठिन हुने तथा कतिपय अवस्थामा त अन्धोपन जस्तो समस्या भोग्नु पर्ने  हुन सक्छ ।

कसरी बचाउन सकिन्छ दृष्टि ?
१. मधुमेह भएको थाहा हुने बित्तिकै आँखाको बिस्तृत परिक्षण गराउने ।
२. दृष्टिमा केहि क्षति भैसकेको छ भने  चिकित्सकको सल्लाह  अनुसार  उपचार  र परिक्षण  गराउने ।
३ . कम्तिमा हरेक २ बर्षमा एक पल्ट retina specialist वा नेत्ररोग विशेषज्ञ (ophthalmologist) बाट आँखाको जांच गराउने । 

मधुमेहबाट कस्ता समस्याहरु हुन सक्छन ?

१. मोतिबिन्दु 

हाम्रो आँखा लाई विभिन्न दुरीमा  हेर्न मद्धत गर्ने महत्व पूर्ण अंग हुन्छ जसलाई  लेन्स भनिन्छ ।  लेन्सको फोकस गर्ने क्षमतामा मधुमेहले असर गर्न सक्छ ।  अर्को चाही मोतिबिन्दुको समस्या हो । मधुमेह नभएका मानिसहरुमा  भन्दा मधुमेह भएका मानिसहरुमा  मोतिबिन्दु हुने सम्भावना दुई गुना  बढी हुन्छ र  उनीहरुमा चाडै सुरु हुने तथा  छिटो वृद्धि हुने हुन्छ ।  


                                  
जलबिन्दु 

मधुमेह नभएका  मानिसहरुमा  भन्दा मधुमेह भएका मानिसहरुमा जलबिन्दु हुने सम्भावना धेरै  हुन्छ ।  जलबिन्दुले गर्दा आँखा भित्र हुने पानीको बहाबमा अबरोध आउने  हुन्छ जसले गर्दा आँखामा पानीको चाप बढ्छ  । त्यसले आँखाको  पर्दा र दृष्टि नशा लाई क्षति पुग्दछ   । यसरी गुमेको दृष्टि कुनै पनि उपचारबाट पुनः प्राप्त गर्न  सकिन्न ।  

आँखाको  पर्दा (Retina) सम्बन्धी समस्याहरु 

मधुमेहले धेरै असर गर्ने अर्को अति सम्बेदनसिल अंग भने आँखा पर्दा (Retina)  हो जुन हाम्रो आँखा को पछाडीको भाग हो । यो भागमा दृष्टि नशा तथा प्रशस्त मात्रामा रक्त नलीहरु हुन्छन ।  Retina र यसमा हुने रक्त नलीहरु र कोशिकामा हुने  परिबर्तन (Retinopathy) हरु  नै दृष्टि कम्जोर हुने मुख्य कारण हो । मधुमेहबाट हुने आँखाको रोगलाई  सुरुको अवस्था , बिचको अवस्था र अन्तिम अवस्था गरी तिन  तहमा  बिभाजन गर्न सन्छ ।

रक्त नलीहरुमा हुने पहिलो खालको  समस्या ( background retinopathy)  मा Retina का रक्त नलीहरुबाट रगत र  प्रोटिन जस्ता पदार्थहरु चुहिने हुन्छ । यो तहको खरावीमा दृष्टि  क्षमतामा नगन्य असर पर्दछ । यही अवस्थामा  रोग निदान गरि उपचार गर्न सके दृष्टि सामान्य बनाउन  सकिन्छ र  मधुमेह नियन्त्रण भएमा गम्भीर खालको समस्या आउदैन ।

दोश्रो अवस्थामा ( non proliferative  diabetic retinopathy)  पर्दामा रगत नालिसगै स-साना रगतका पोकाहरु बन्ने, पर्दाको मुख्य भाग (macula) मा पानी जम्मा भई सुन्निने, केहि  भागहरु सुक्ने र नलीबाट  रगत चुहिने हुन्छ ।  समयमा उपचार गरेमा बचेको  दृष्टिलाई यथास्थितिमा रोक्न सकिन्छ ।


तेश्रो किसिमको समस्या (Proliferative retinopathy) अझै खतरा पूर्ण हुन्छ । यो तहको समस्यामा पर्दामा नयाँ रक्तनलीहरु  बढने र ति रक्तनलीहरु चाडै नै फुट्ने हुन्छ । यसले  गर्दा पर्दामा रगत जम्मा हुने दृष्टि कम्जोर हुने, पर्दामा स्थाई प्रकृतिको दाग बस्ने हुन सक्छ । Retina मा  एकपल्ट हानी भैसकेपछी पूर्ण दृष्टि रुपमा  निको पर्न कठिन हुन्छ र अन्धोपन हुने सम्भावना रहन्छ ।


                 
       
कस्तो मान्छेहरुमा पर्दाको समस्या बढी हुन सक्छ ?

पर्दामा यस्ता समस्याहरु ल्याउनमा विभिन्न तत्वहरु जस्तै उच्च रक्त चाप, मधुमेह सुरु भएको अबधि , अनुबंशिकता ,रगतमा ग्लुकोजको मात्राले  भूमिका खेल  हुन्छन । टाइप १ मधुमेह भएका  प्राय सबै रोगीहरूमा retinopathy हुने सम्भावना हुन्छ भने टाइप २ मधुमेह भएका  धेरै मानिसमा पनि retinopathy बिकसित हुन सक्छ ।   
 
दृष्टि क्षमतामा कस्ता परिबर्तन आउँदा चिकित्सकसंग परिक्षण गराउने ?

  • आँखा धमिलो देखिदै गएमा 
  • नजिकको पढ्न कठिन हुदै गएमा 
  • डबल भिजन अर्थात् एउटा बस्तु लाई दुइटा देखिने भएमा 
  • एक वा दुवै आँखा दुखेमा 
  • आँखाहरु   भारी महशुस भएमा
  • हेरेको दृष्टि क्षेत्रमा किरा, भुसुना, माकुरा  जस्ता आकृतिहरु देखिने भएमा 
  • सधै हेरिने  क्षेत्र वा परिधिको कुनै साइडमा बस्तुहरु नदेखिने भएमा

साधारण आँखा परिक्षण मधुमेह सम्बन्धि आँखा परिक्षण उस्तै हो ?

साधारण आँखा परिक्षण र मधुमेह सम्बन्धि आँखा परिक्षणका  केहि जांच समान भए पनि कतिपय परिक्षण  फरक हुन्छन  ।  साधारण आँखा परिक्षणमा दृष्टि क्षमता र आँखाका सामान्य रोगहरुको परिक्षण एवं उपचार हुन्छ भने   मधुमेह भएका मानिसहरुमा विशेष गरि आँखाको पछाडीको भाग अर्थात् Retina को बिस्तृत परिक्षण गरिन्छ  । यस्तो परिक्षण Retina सम्बन्धि बिशेषज्ञ चिकित्सकले गर्दछन । आँखाको नानी ठुलो पारेर , बिशेष यन्त्रबाट खिचिएको  Retina को फोटो र विभिन्न भागहरुको स्क्यानहरुको अध्ययन गरेर Retina को सहि अवस्था थाहा पाउन सकिन्छ । कुनै कुनै अवस्थामा हातको नशाबाट औषधि पठाएर चभतष्लब का नशाहरुको angiogram गरेर पनि Retina को अवस्थाको जानकारी लिन सकिन्छ । त्यसै गरि भिडिओ एक्सरे (Ultrasound) गरेर पनि Retina  का धेरै समस्याहरुको निदान गरिन्छ ।

रोकथाम

मधुमेह  सिर्जित  आँखा  समस्याहरु सुरु  भैसकेपछि क्षतिलाई पूर्ण  रुपमा निर्मुल गर्न नसके  पनि त्यस्ता समस्याहरु आउन नदिन र समस्या सुरु भए पछी पनि त्यसलाई बढ्न नदिन सकिन्छ । नियमित आँखा तथा Retina को परिक्षण गराउने , नियमित  रुपमा रगतमा ग्लुकोजको मात्रको  जांच  गराउने,  रक्त चाप र कोलेस्ट्रोल नियन्त्रण  गर्ने, धुमपान नगर्ने र दृष्टि क्षमतामा परिबर्तन आउने बित्तिकै चिकित्सक संग परामर्श लिने गर्नाले मधुमेह बाट हुने  आँखा र दृष्टि सम्बन्धि हानी लाई रोक्न सकिन्छ ।      
नयाँ प्रबिधि र खोजहरुको प्रयोगबाट समयमा नै रोकथाम तथा उपचार गरि  मधुमेहबाट दृष्टिमा पुग्न सक्ने हानी  र नकारात्मक परिवर्तनबाट समस्या हुने मान्छेहरुको संख्या घट्दै गएको छ । 

मधुमेह सम्बन्धि आँखा रोगहरुको उपचारका  बिधिहरु के के छन् ? 
आँखामा नशाबाट रगत चुहिने र रक्त नलीहरु  फुट्ने  धेरै  जस्तो समस्याहरुमा लेजर उपचार पद्धति प्रयोग गरिन्छ । यसले तत्काल रगत रोक्ने मात्र नभई अरु क्षति हुनबाट पनि रोकथाम गर्दछ ।  लेजर उपचार पद्धतिबाट उपचार गर्न अस्पतालमा भर्ना हुनु भने पर्दैन । आँखा भित्र धेरै रगत भएमा  वा पर्दा च्यातिएमा  अपरेशन गरेर पनि उपचार गर्न सकिन्छ ।   

सम्झनुहोस !

  •  मधुमेहले हाम्रो आँखाको दृष्टि कम्जोर बनाउन सक्छ ।
  •  मधुमेहबाट हुन सक्ने हानीलाई रोक्न धेरै उपायहरु गर्न सकिन्छ ।
  • दृष्टि कमजोरी हुनबाट बचाउन समयमा नै रोगको निदान हुन आवश्यक छ ।
  •  मधुमेहबाट आँखामा केहि कमजोरी आइसकेको रहेछ भने पनि त्यो भन्दा बढी हानी हुनबाट बचाउन सकिन्छ ।
  •  मधुमेहबाट आँखामा भएको असरको बिस्तृत जांचका लागि सम्भव भएमा आँखाको पर्दा Retina सम्बन्धी विशेषज्ञ चिकित्सक ( Retina Specialist ) सँग  परिक्षण गराउनु पर्छ ।Retina Specialist चिकित्सक उपलब्ध नभए नेत्ररोग विशेषज्ञ ( General ophthalmologist) सँग आवश्यक परिक्षण गराई परामर्श लिन सकिन्छ । 

     

Last modified on 2016-05-15 17:31:25

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts