प्याड प्रयोगबारे सकारात्मक सोच बनाउन नर्सिङ छात्राको अभियान

What's This?


Download our app to get more features

काठमाडौं, २४ माघ । सविना थापा नर्सिङका विद्यार्थी हुन् । उनी लहानको नर्सिङ कलेजमा पिसिएल  तेस्रो बर्षमा अध्ययनरत छिन् ।

सविना लगायत उनका साथीहरुले महिनावारीका बेला प्रयोग हुने प्याड हातमा बोकेर खिचाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

नर्सिङ कलेजको पिसियल तेस्रो बर्षमा अध्ययनरत सविना थापा, सोनु श्रेष्ठ, रश्मी शर्मा, समिक्षा बञ्जारा, श्रेया राउत लगायतले सामुहिक रुपमा प्याड हातमा बोकेको तस्वीर बुधवार फेसबुकमा अपलोड गरेका छन् ।   
प्याड प्रयोगबारे सकारात्मक सोचौं भन्ने नाराका साथी उनीहरुले सामाजिक सञ्जालमा फोटो राखेको बताए । 

'महिनावारीको बेला अत्यावश्यक रुपमा रहेको प्याड किन्न जाँदा महिलाहरुले लुक्नुपर्ने बाध्यता रहेको भन्दै प्याड प्रयोगबारे सकारात्मक धारणा बनाउन यस्तो अभियान चलाएको उनीहरुको भनाइ छ । 
महिनावारी भएको बेला प्याड किन्न पसलमा जाँदा समेत समाजमा हामीलाई हेयको दृष्टिले हेर्ने गरिन्छ' अभियन्ता सविनाले भनिन् । 

'प्याड किनेर ल्याउँदा समेत अरुले देख्छन् कि भनेर पत्रिकाले छोपेर ल्याउनुपर्छ, प्याड किनेको देख्दा खिसीटिउरी गर्ने समेत भेटिन्छन्' उनले भनिन् । 

समाजमा अहिलेसम्म पनि महिनावारी र प्याडको प्रयोगलाई नकारात्मक दृष्टिले हेर्ने चलन छ । प्याड किन्न जाँदा समेत लुक्नुपर्ने अवस्था रहेको भन्दै उनले यसबारे समाजले खुल्ला सोच राख्नुपर्ने बताइन् ।   
प्याड प्रयोगबारे समाजले राख्ने नकारात्मक सोचलाई चिर्न यो अभियान शुरु गरेको उनीहरुको भनाई छ ।  

नर्सिङ पढिरहेकी उनले लहानको गाउँतिर प्रयोगात्मक सर्भेको लागि जाँदा ग्रामीण महिलाहरुलाई प्याड के हो भन्ने समेत थाहा नभएको सुनाइन् । उनले भनिन् 'गाउँमा अहिलेसम्म प्याड समेत नदेखेका दिदीबहिनीहरु छन्, उनीहरुलाई प्याडको प्रयोगबारे थाहा छैन '। त्यहाँ महिलाहरुले प्याडको सट्टामा कपडाको प्रयोग गरिरहेको उनले बताइन् । 

उनले भनिन् 'कोहीले कपडा धोएर समेत प्रयोग गर्दैनन्, यसका कारण उनीहरुमा संक्रमणको जोखिम हुने गर्छ ।' 

'महिनावारी भइरहँदा एक त कमजोर महशुस हुन्छ, यस्तोबेला हामीलाई अछुतको झै व्यवहार गर्दा निकै दुःख लाग्छ' अभियन्ता सविनाले भनिन् ।

उनले भनिन् 'महिनावारीका कारण थकान र शारीरिक कमजोरी महशुस गरिरहेको बेला महिलाहरुमाथि गरिने अछुतको व्यवहारले उनीहरु थप मानसिक तनावमा पर्छन्।' महिनावारी शरीरमा आउने एक परिवर्तन हो । यो प्राकृतिक प्रक्रिया हो तर नेपाली समाजमा अहिलेसम्म पनि यसबारेमा गलत धारणा व्याप्त छ ।  

महिनावारी भएको बेला महिलाहरु भान्छा र पुजाकोठामा छिर्न नहुने चलन अहिलेसम्म पनि छ । दुर्गम क्षेत्रमा महिनावारी बेला गोठमा राख्ने चलन छ । अहिलेको युगमा पनि छाउपडीका कारण कयौ महिलाहरुले ज्यान गुमाउनु परिरहेका छन् । 
 

Last modified on 2018-02-08 09:02:27

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. "Repugnant Natural Process " It's something that tagged in mainstream and Untouchability in many families and also some corner of the county. Even there's believe that girl in her first menstruation (menarche) is caved and not allowed to face the sun, she is kept apart from the family, sounds so bizarre right?? Once hit up the mind thinking about the girl who became the victim. The girl will already be ached physically , she'll be bleeding and external environment be so rude to her giving the stigma that she's on her period. This all makes her feel guilty to be a girl. Being on period is not a crime, that's to be concealed it's a natural process happens in female's body as similar to other process than why the process is taken so abhorrent and loathing???? What I want to say is we are not an assassin, we bleed to give a new life. Many corner of my country and many corner of my citizen's concept is still left to be interpreted that it's not any crime. Illiteracy is not only the reason behind it, even littered society is not able to conscience the thing, and follow the bluff superstitions blindly instead of making the individual aware I'm so glad that I'm the also the member of this squad and the message this picture wants to serve among all is something that rare does. #Proud #


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts