परिवारका सदस्यले नै मानेनन् मश्तिष्क मृत्युपछि अङ्ग दिन



Download our app to get more features

काठमाडौं, २५ माघ । मानव शरीरको मश्तिष्क मृत्यु भएपछि अंगदान गर्न नियमावली बनेको चौध महिना पुरा भएको छ । तर, अहिले सम्म एक व्यक्तिको बाहेक अरु कसैले पनि मस्तिष्क मृत्यु पछि अंगदान गरेका छैन

सडक दुर्घटनामा परेर वा कुनै कारणबस मस्तिष्क मृत्यु भएकाहरुको अंगदान गर्न सरकारले मानव शरीरको अङ्ग प्रत्यारोपण नियमावली २०७३ गत मंसिर १६ गते पास गरको थियो । नियमावली बनेको चौध महिनाको पुरा भएको अवधीमा उपत्यकाका तीन वटा अस्पतालहरुले मस्तिष्क मृत्यु भएको भनेर सम्बन्धीत चिकित्सकहरुलाई बोलाए पनि परिवारका सदस्यले दिन नमानेको मानवअंग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । 

श्रेष्ठले भने, ‘चार महिनाको अन्तरालमा काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र वीर अस्पतालले चार विरामीको मस्तिष्क मृत्यु भएको छ लिन आउनु भनि खवर गरेका थिए । हामी तत्काल त्यहा पुग्यौ तर, परिवारका सदस्यले स्वीकृत दिन मानेनन् जसका कारण हामी अगाडी बढ्न सकेनौं ।’ उनले परिवारका सदस्यमा अंगदान कसरी र केका लागि गर्ने भन्नेबारे ज्ञानको कमि भएको स्पष्ट पारे । मृत्यु पछि मानव शरीरको अंगदान गर्नु भनेको संवेदनसिल कुरा हो । श्रेष्ठले भने, ‘शोकमा परेको परिवारलाई तिम्रो मान्छेको अंग देउ भन्न जानु आगोमा घिउँ थप्नु जस्तो हो । यस्तो बेला अंग माग्नु भनेको राम्रो कुरा हैन । त्यसैले कहिले काहि यस्तो कामको अनर्थ लाग्न पनि सक्छ ।’ 

ज्यान माराको मुद्धा लाग्न सक्ने डर
मस्तिष्क मृत्यु भएको व्यक्तिको मुटु फोक्सो भेन्टिलेटरमा राखेर कृतिम रुपले चलाइएको हुन्छ । यस्तो बेला राम्रो संग परिवारका सदस्यलाई बुझाउन सकिएन भने चिकित्सकहरु माथि अनेक आरोप लाग्न सक्छन । मेरो मान्छेको नाडी चलेको थियो अंग निकालेर मार्यो भन्ने सम्मका लान्छाना लाग्न सक्ने सम्भावना हुन्छ डा. श्रेष्ठले भने । 

चिकित्सकका अनुसार मस्तिष्क मृत्यु भएको व्यक्तिको मुटु फोक्सो कृतिम रुपमा १५ घण्टा सम्म चलाउन सकिन्छ । कुनै पनि विरामी वा आम मानिसमा अंगदानका बारेमा शंका नरहने किसिमले जनचेतना फैलाउन आवश्यक भएको छ । जसले गर्दा अंग लिएको आधारमा उग्र रुप कसैले पनि नलियोस् ।

दुर्गममा  बसेका मानिसहरुले समेत अंगदान बारे राम्रो ज्ञान हासिल गरुन श्रेष्ठले भने । मस्तिष्क मृत्यु भएछ अब मेरो मान्छेको मुटु कलेजो, फोक्सो सबै अंगहरुले विस्तारै काम गर्न छाड्दै जान्छ भनेर परिवारका सदस्य र सबै मानिसले बुझ्नु पर्ने हुन्छ ।  श्रेष्ठले भने, ‘कानुनी हिसावले अंगदान गर्न पाउने नियमावली पास भईसकेको छ । मेडिकल क्षेत्रमा हामी सक्षम छौं र प्राविधिक हिसावले पुर्ण सक्षम छौं । तर, समाजमा जुन किसिमको बुझाई रहेको छ त्यसमा हामी असक्षम भएका छौं । यो अंगदानको विषयमा ठुलो चुनौति हो ।’
 
अंग झिकेर अर्कोमा राख्नु भन्दा ठुलो चुनौति लिन 
श्रेष्ठका अनुसार एक व्यक्तिबाट निकालेको अंग अर्को व्यक्तिमा राख्नु भन्दा जटिल मस्तिष्क मृत्यु भएकाको अंग लिनु रहेको छ । नियमावली पास भएको चौध महिनामा ४ हजार बढीले मस्तिष्क मृत्यु पछि अंगदान गरेका छन् । 

आफुखशी अंगदान गर्दा समस्या
कुनै पनि व्यक्तिले मृत्यु पश्चिात आफ्नो अंगदान गर्न सक्छ । तर, उसका परिवारका सदस्यले जानकारी नपाउदा मृत्यु पश्चिात अंग लिने बेला समस्या हुने गरेको छ । कसैले मस्तिष्क मृत्यु पश्चिात अंगदान गर्दै गर्दा परिवारका सदस्यलाइ पनि जानकारी गराएर मन्जुरीनामा लिएको खण्डमा सहजता आउने श्रेष्ठको भनाई छ । मृत्यु भएका व्यक्तिको मन्जुरी नामा हुने तर, परिवारका सदस्यले दिन नमान्ने घटनाले अंगदान प्रक्रियालाई थप चुनौति थपेको छ । म मरेपछि मेरो अंगदान गर्नु र परिवारले पनि त्यसमा मन्जुरी जनाएको भए अहिले कुनै समस्या आउने थिएन श्रेष्ठले भने ।
 
के भन्छन् परिवार
अस्पतालमा लगेर उपचार गराउँदा ठुलो धनराशी खर्च भएको हुन्छ । मृत्युको कारणले परिवार शोकमा डुबेको अवस्थामा उनिहरुले अंग निकाल्न दिने कुरालाई स्वीकार गर्दैनन् । 
मान्छे पनि मर्यो, खर्च पनि भयो आफ्नो परिवारको अंग किन निकाल्ने भन्ने भावना जागृत भएको पाईएको छ । अहिले केन्द्रले परिवारलाई १ लाख र अस्पताललाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ तर, यस विषयमा पनि आम नागरिक जानकार भएका छैनन् । एउटा व्यक्तिको खेर जाने अंगले ८ जना व्यक्ति बचाउन सकिने कुरामा परिवारका सदस्यलाई राम्रो संग बुझाउन आवश्यक छ । 
 

Last modified on 2018-02-09 09:17:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts