एचआईभी संक्रमित युवाहरु एचआईभी कै अभियानमा



Download our app to get more features

बीबीसी,२५ माघ । केही वर्षअघिसम्म एचआइभी संक्रमित भएकै कारण समाजमा अवहेलना खेप्ने गरेका धरानका कतिपय युवाहरु अहिले अन्य संक्रमितका लागि सहयोगी बनेका छन् ।

कुनै समय थियो एचआइभी संक्रमितहरु आफ्नो पीडा र रोगका बारेमा खुलेर कसैलाई बताउन सक्दैनथे । समाजले दुव्र्यहार र उल्टै पीडा दिने डरले संक्रमितहरु आफैमा खुम्चिएर बस्न बाध्य हुन्थे । तर आजभोली उनीहरुलाई हेर्ने दृष्ट्रिकोणमा विस्तारै परिवर्तन आउन थालेको छ । एचआइभी पीडित स्यंवले फैलाएको जनचेतनाका कारण अहिले उनीहहरु सम्मानित जीवन बितइरहेका छन् । एचआइभी संक्रमण रोक्न र र संक्रमित भइसकेकालाई स्वस्थ जीवन बिताउन प्रेरणा दिने केही व्यक्तिहरुका कारण धरान र वरपरका एचआइभी पीडितहरु सुखी र खुशी छन् ।

करीब ८ वर्षदेखि धरानका आलोक गुरुङ एआडी लिनआउने संक्रमितका विषयमा नियमित जानकारी दिने गर्दछन् । एचआइभी संक्रमण भएको थाहा हुने बित्तिकै औषधि खाइहाल्नुपर्छ । तर कतिपयले औषधि खान नमानेकाले प्रायःजसोलाई सम्झाउन परिरहेको गुरुङको भनाइ छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खाइने औषधिका बारेमा गुरुङले बिरामीलाई सम्झाउने तथा बुझाउने गर्दछन् । आफै पनि एचआइभी संक्रमित आलोक धरानका खगेन्द्र खड्काको सहयोगमा एचआइभीको अभियानमा लागेका हुन् ।

खगेन्द्र एचआइभी पोजेटिभ हुँ भनेर खुलेर भनेर आउँदाताका एचआइभी भएका मानिसहरुलाई अचम्म मानेर हेर्ने गरिन्थ्यो । विवाह, पुजा जस्ता सामाजिक कार्यमा सहभागी हुने अवसरबाट समेत बञ्चित हुने खगेन्दले्र अहिले सरकारी तथा गैरसरकारी संस्थाहरुको निरन्तर प्रयासका कारण धरानमा धेरै परिवर्तन आएको उनी बताउँछन् । 
 

Last modified on 2018-02-08 10:54:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts