नेपाल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा शुरु
काठमाडौ, २५ माघ । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले फिजियोथेरापी वार्ड सञ्चालनमा ल्याएको छ ।
अस्पतालले क्यान्सर उपचारको साथसाथै फिजियोथेरापी सेवा उपलब्ध गराउने उदेश्यले बिहीवार फिजियोथेरापी वार्ड सञ्चालनमा ल्याएको डा. राजेन्द्र खत्रीले जानकारी दिए ।
अस्पतालमा फिजियोथेरापीका युसिजी,आइएफटी, ट्याक्सेन मेसिनहरु उपलब्ध गराउने डा खत्रीले बताए । अस्पतालमा फिजियोथेरापी सेवालाई स्थानीय तहमा समेत प्रभावकारी सेवा उपलब्ध गराउने तयारी रहेको उनले बताए ।
Last modified on 2018-02-08 18:35:43