नेपाली कम्पनीलाई औषधि उत्पादन गर्नै कठिनाई

छ महिनामा एक करोड ‘प्याकेट’ दिनुपर्नेमा एक बर्षमा दुई लाख मात्रै उत्पादन



Download our app to get more features

काठमाडौं, २६ माघ । सिटिएल फार्मास्यूटिकल प्रालिले गत वर्ष एक करोड ‘प्याकेट’ जीवनजल उत्पादनको ठेक्का स्वास्थ्य सेवा बिभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखा बाट पायो । उसले ६ महिना अर्थात गत असोज भित्र एक करोड ‘प्याकेट’ जीवनजल उत्पादन गरी सरकारलाई दिनुपर्ने थियो । तर, १० महिना वितिसक्दा पनि तीन लाख ‘प्याकेट’ जीवनजल उत्पादन गर्न सकेको छैन । 

संझौता अनुसार समय सिमा भित्र जीवनजल उत्पादन गर्न नसके पछि स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखा तनाबमा देखिएको छ । महाशाखाका उपसचिव बाबुराम लामिछानेका अनुसार उक्त फार्मास्यूटिकलले हाल सम्म दुई लाख ‘प्याकेट’ जीवनजल मात्रै दाखिला गराएको छ । स्रोतका अनुसार नेपाली औषधि उत्पादक कम्पनीलाई फकाएर काममा लगाउनु पर्दा औषधि जस्तो संवेदनशील विषयको उत्पादनमा ठुलो समस्या देखिएको छ । 

सरकारले निःशुल्क उपलब्ध गराउने ८० प्रकारका औषधि उत्पादनमा स्वदेशि कम्पनी सक्षम भएको बताए पनि समयमा औषधि दिन नेपाली औषधि उत्पादक कम्पनीलाई कठिनाई भएको छ । महाशाखाका अनुसार नेपाली औषधि उत्पादक कम्पनीले समयमा संझौता अनुसारको औषधि उत्पादन नगरेको पाइएको हो । 

नेपाली कम्पनी ठुलो मात्रामा औषधि उत्पादन गर्नै सक्दैनन् 
मन्त्रालयका अनुसार स्वदेशमै आवश्यक औषधि उत्पादन गर्न आफुहरु सक्षम रहेको नेपाल औषधि उत्पादक संघले बताए पनि कम्पनीहरुले समयमा औषधि उत्पादन गर्न नसकेको पाईएको हो । संझौता गरेको समय भन्दा एक बर्ष पछि पनि आधा औषधि उत्पादन गर्न नसके पछि नेपाली औषधि उत्पादक कम्पनी माथि प्रश्न उठेको छ । 

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले बताए अनुसार नेपाली औषधि उत्पादक कम्पनीहरु ठुलो मात्रामा नभईनहुने अत्यावश्यक निःशुल्क औषधिहरु जीवनजल, ब्रुफिन, सिटामोल, एमोक्सिलिन, जिङ्क जस्ता औषधि उत्पादन गर्न नसकेको पाईएको हो । नेपाली कम्पनीहरुले उत्पादन गर्न नसक्ने भएपछि विदेशी कम्पनीले अत्यावश्यक औषधिको उत्पादन गर्ने जिम्मा पाएका छन् । 

उपसचिव लामिछानेले भने, ‘अनुसार नेपाली कम्पनीहरुले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाई समयमानै नेपालका स्वास्थ्य सस्थामा पुर्याउन सके विदेशी कम्पनीहरु स्वत निरुत्साहीत हुने छन् ।’ स्वदेशि औषधि उत्पादक कम्पनीलाई प्रोत्साहन गर्ने कानुन भएपनि समयमा औषधिको उत्पादन गर्न सक्दैनन उनले भने । 

नेपाली कम्पनीको ध्यान थोरैमा 
आपूर्ति व्यवस्था महाशाखाले ५० लाख रुपैयाँ माथिका मात्रै औषधिको खरिद गर्ने भएको छ । सरकारले निःशुल्क भनेका ३२ प्रकारका औषधिको खरिदका लागि गरेको टेन्डरमा १८ प्रकारका औषधि मात्रै परेको छ । बाँकी १४ प्रकारका औषधिको खरिदमा टेन्डरनै पर्न नसकेको उपसचिव लामिछानेले बताए । क्वान्टिटिको मात्रा धेरै भएका कारण नेपाली औषधि उत्पादक कम्पनी प्रतिस्पर्धामै गएनन् । टेन्डर परेका मध्ये १३ प्रकारका औषधिको उत्पादन गर्ने जिम्मा नेपाली कम्पनीले पाएका छन् तर, धेरै जसो थोरै क्वान्टिटिका रहेका छन् ।  ठुलो क्वान्टिटि मा उनिहरु प्रतिस्पर्धामा गरेका छैनन् ।  

कसले कुन औषधिको जिम्मा पाए 

औषधिको नाम 

   क्वान्टिटि 

 उत्पादक कम्पनी 

पारासिटामोल १२५ एमजी               

 १३,६४,०००   

क्युरेक्स फार्मास्यूटिकल प्रालि नेपाल

सेफ्ट्रिजोन इन्जेक्सन

 १,१५,५००

 नेसनल हेल्थकेयर प्रालि, नेपाल

एजिथ्रोमिसिन  २५० एमजी

६,००,००० 

 नेसनल हेल्थकेयर प्रालि, नेपाल

एजिथ्रोमिसिन  ५०० एमजी ट्याब

१०,५०,०००    

क्युरेक्स फार्मास्यूटिकल प्रालि नेपाल    

सिल्भर सल्फाडाइजाइन २५ एमजी    

२,५५,६००    

लिवन ल्याव्रोटोरिज प्रालि भारत 

पारासिटामोल ५०० एमजी ट्याब

१२,१२,५०,०००    

बाल फार्मा लि. भारत 

आइबुप्रोफेन ४०० एमजी     

१,६०,०५,०००     

बाल फार्मा लि. भारत

मेट्रोनिडाजोल ४०० एमजी    

१,७०,२८,०००    

क्युरेक्स फार्मास्यूटिकल प्रालि नेपाल

एमोजिसिलिन  २५० एमजी ट्याब     

१,३०,००,०००    

क्युरेक्स फार्मास्यूटिकल प्रालि नेपाल

सिप्रोफ्लोजासिन २५० एमजी ट्याब 

 १,००,८०,०००    

बाल फार्मा लि. भारत

सिप्रोफ्लोजासिन ५०० एमजी ट्याब    

१२,९२,३०००    

बाल फार्मा लि. भारत

कोट्रिमोक्साजोल    

३०,९९,६०००

नेसनल हेल्थकेयर प्रालि, नेपाल 

कोट्रिमोक्साजोल    

२,२६,२०००

नेसनल हेल्थकेयर प्रालि, नेपाल

क्लोक्जासिलिन ५०० एमजी क्याप

१५,००,०००        

क्युरेक्स फार्मास्यूटिकल प्रालि नेपाल 

हायोस्साइन बुट्यल ब्रोमाइड १० एमजी       

३,३६,६०००    

ओम फार्मास्यूटिकल प्रालि नेपाल

साल्बुटामोल ४ एमजी                          

२,४७,९०००

लोमस फार्मास्यूटिकल प्रा. लि

हाइड्रोकोर्टिसन पाउडर इन्जेक्सन १०० एमजी   

१,५०,०००  

आकाश अन्तरिक्षम जेभी नेपाल 

 

Last modified on 2018-02-10 10:02:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts