मोबाइलमा लगातार गेम खेल्दा हुने असर



Download our app to get more features

हिजोआज जो कोहीको पनि मोवाइलमा गेम खेल्ने बानी रहेको हुन्छ ।

ड्रागन, रेसिङ्ग, फाइटिङ्ग, एङ्री बर्डजस्ता गेमले वास्तविक जीवनभन्दा पर लगेको हुन्छ । यसबाट के पाइन्छ थाहा छैन । तर, यस्ता गेमले शरीर तथा दिमागमा ठूलो असर पारेको हुन्छ । धेरै समय गेम खेल्नाले कसैकसैलाई छारेरोग समेत हुन सक्छ । मोवइलमा खेलीने गेमले शरीर तथा स्वास्थ्यमा पार्ने असरहरु निम्म छन् ।  मोटापनः कुनै एक स्थानमा बिना हलचलका साथ बस्ने र गेममा मात्र केन्द्रित रहँदा कति खाना खाइयो भन्ने थाहा हुँदैन । जसका कारण क्यालोरी खर्च हुन पाउँदैन र मोटापनको समस्या हुन जान्छ ।

मोटापनः कुनै एक स्थानमा बिना हलचलका साथ बस्ने र गेममा मात्र केन्द्रित रहँदा कति खाना खाइयो भन्ने थाहा हुँदैन । जसका कारण क्यालोरी खर्च हुन पाउँदैन र मोटापनको समस्या हुन जान्छ । 

निन्द्रामा समस्याः मोवाइलमा धेरै गेम खेल्नाले ब्रेन लामो समयसम्म एक्टिभ रहेको हुन्छ । जसले निन्द्रामा समस्या आउने इन्सोम्निया, नार्कोलेप्सी, स्लिप आप्निया हुने सम्भावना धेरै रहेका हुन्छ । 

माइग्रेनः लगातार मोवाइलको लाइट र साउण्डले शुरुमा एक विन्दुमा टाउको दुखाई शुरु हुने र बिस्तारै बिस्तारै बढ्दै जान्छ । जसका कारण पछि गएर टाउको दुखाइ माइग्रेनसम्म हुनसक्छ । धेरै समयसम्म आँखामा रहने हुँदा यस्तो समस्या देखिन्छ । 

ढाड दुखाईः एकै पोजिसनमा घण्टौसम्म बसिरहने र हलचलको कमी हुने हुँदा शरीरमा अकडन आउने हुन्छ । जसका कारण ढाड दुख्ने समस्या शुरु हुन्छ । 

मांशपेसीमा दुखाईः लामो समयसम्म मोवाइलमा गेम खेल्नाले मांशपेसीमा दुखाई हुन्छ, जसमा विशेषगरी काँधमा दुखाई हुन्छ । एउटै पोजिसनमा हात रहने हुँदा काधको डिस्लोकेसन पनि हुन सक्छ । 

छारे रोगः एक अनुसन्धानका अनुसार धेरै मोवाइलमा गेम खेल्नाले स्ट्रेस उत्पन्न भई एक्कासी बेहोस हुने समस्या पनि हुन सक्छ । 

केन्द्रित नहुनेः एक अनुसन्धान अनुसार जो धेरै लामो समयसम्म मोवाइलमा गेम खेल्छ, त्यो व्यक्ति कुनै पनि कुरामा केन्द्रित हुँदैन । दिनमा दुई घण्टाभन्दा धेरै समय गेम खेल्नाले यस्तो समस्या उत्पन्न हुन्छ । 

भोकको कमीः धेरै समयसम्म मोवाइलमा गेम खेल्ने बानीका कारण भोकमा पनि कमी आउन सक्छ । साथै गेम खेल्ने हतारमा अस्वस्थकर खाने र कहिले काहीँ खान नै बिर्सने हुन्छन् । 

रिस उठ्नेः विशेषज्ञका अनुसार धेरै मारपिट जस्ता गेम खेल्ने र फोटो हेर्ने गर्दा रिस उठ्ने हुन्छ । यस्तो बढी हुने हुँदा हिंसात्मक तथा ध्वंसात्मक बानी तथा आचरणमा रुपान्तरण हुन जान्छ ।

औंला सुन्निनुः मोबाइलमा गेम खेल्दा लगातार औंलाको प्रयोग गर्ने हुँदा मांशपेसीले रेस्पोन्स गर्न बन्द गर्न सक्छ । जसले गर्दा औंला सुन्निे हुन्छ । 

आँखामा असरः मोबाइल स्क्रिन घण्टौंसम्म हेरिरहँदा आँखाको तल कालो धब्वा (डार्क सर्कल) हुने हुन्छ । साथै एकै पोजिसनमा बस्दा कुम पनि झुक्न जान्छ ।  एजेन्सीको सहयोगमा

 

Last modified on 2018-02-11 11:11:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts