कप्तान बिक्रम लामाको सफल शल्यक्रिया

८ महिनासम्म मैदानमा फर्कन नसक्ने



Download our app to get more features

काठमाडौं,२८ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लवका कप्तान बिक्रम लामाको हिजो बिहान ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । 

दाहिने गोडामा चोट लागेका लामाको वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो । 

डा.चक्रराज पाण्डेका  अनुसार लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उनी उपचारपछि ६ देखी ८ महिनामा खेल मैदानमा फर्कनेछन्  । धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा घाइते भएपछि लामालाई तत्काल ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा लगिएको थियो । 
 

1 Comments

  1. हॉस्पिटल को र बिरामिको सम्बन्ध रामों होस स्वस्थ्य सबै को एउटै हो सबैले उपचार सम्मान रूपमा दिनु हो म नेपाली नागरिक हु हल Australia मा बसदै आको छु यो हॉस्पिटल को अवलोकन गरने छु can you help me


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts