ग्रीन टीले सौन्दर्य पनि बढाउँछ



Download our app to get more features

ग्रीन टीलाई धेरैजसोले स्वास्थ्यवर्धक पेय पदार्थ भनेर बुझ्छन् । तर ग्रीन टीमा हुने एन्टीअक्सिडेन्टले छालाको चमक पनि बढाउँछ । यसकारण कतिपय मानिसले ग्रीन टीलाई सौन्दर्य बढाउने सामाग्रीका रुपमा पनि प्रयोग गर्ने गर्छन । 

अमेरिकन मेडिकल एशोसिएसन अफ डर्माटोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार ग्रीन टीको प्याक बनाएर लगाउँदा सूर्यको किरणबाट छालामा हुने हानी नोक्सानी रोक्न सकिन्छ । किनकी ग्रीन टी मा एन्टीअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । जसले रेडिकल्सविरुद्ध लड्ने काम गर्छ ।

सूर्यबाट निस्कने पाराबैजनी किरणले छाला फ्री रेडिकल्स निर्माण हुन्छ । जसले शरीरमा उमेर अघि नै बुढयौली ल्याउने काम गर्छ । विशेषज्ञका अनुसार यदि अनुहारमा ग्रीन टीको प्याक लगाउने हो भने यसले ‘सन गार्ड’को रुपमा काम गर्छ । 

मास्कले दिन्छ निखार
छाला चिलाउने वा पोल्ने हुन्छ भने त्यस्तो अवस्थामा ग्रीन टीको प्याक लगाए निकै राहत मिल्छ । यसमा पाइने ‘क्याटेन्चिस’ तत्वले एन्टी ब्याक्टेरियलको काम गर्छ । जसले एक्ने र डन्डिफोरको समस्यामा राहत दिन्छ । छालाको रंङमा निखार्न ल्याउन पनि ग्रीन टीको सेवन र ग्रीन टीको मास्क अनुहारमा लगाउनु फाइदाजनक हुन्छ ।

हर्मोन असन्तुलनका कारण अनुहारमा एक्ने÷डन्डिफोरको समस्या हुने गर्छ । यस्ता समस्यालाई रोक्न ग्रीन टी महत्वपूर्ण हुन्छ । यसले टोनरको रुपमा पनि काम गर्छ । जसले छालाको रौंको फेदामा हुने प्वाललाई बन्द हुनबाट रोक्छ ।

दाँतको सौन्दर्यका लागि ग्रीन टी
ग्रीन टीले दाँतलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । ग्रीन टीले क्याबिटिज र जिन्जिवाइटिस हुनबाट जोगाउँछ । 

ग्रीन टीको प्रयोगले दाँतलाई खराब गर्ने हानिकारक केमिकल्सको दुष्प्रभावबाट जोगाउँछ । जुन केमिकल चियापत्तीको पातमा छरिएको हुन्छ । 

शरीरको विभिन्न कोषहरूलाई लाभ
शरीरको विभिन्न कोषको पुनर्निर्माणमा ग्रीन टी लाभकारी हुन्छ । यसमा पाइने पोलिफिनल तत्वले बुढ्यौलीबा रोक्छ । पोलिफिनलले बुढ्यौलीको कारक किरेटिनोसाइट्स कोषमा उर्जा प्रदान गर्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-02-12 10:27:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts