पशुपति क्षेत्रभित्र आधा दर्जन स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं १ फागुन ।  महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रभित्र आधा दर्जन स्वास्थ्य शिविरहरु संचालनमा रहेका छन् । 

पशुपति क्षेत्र विकास कोषका अनुसार विभिन्न अस्पताल, संघ सस्थाहरुले दर्शनका समयमा आईपर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न स्थानमा गरि ७ वटा स्वास्थ्य शिविरहरु सञ्चालनमा रहेका छन् । गत बर्ष ५ वटा क्याम्स सञ्चालनमा रहेका थिए । 

लामो समय लाईनमा बसेर दर्शन गर्नुपर्ने हुँदा भक्तादु रिङगाटा लागेर लड्ने जस्ता धेरै समस्याहरु देखिने गर्छन ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका उपसचिव बाबुराम लामिछानेका अनुसार यस पटक ४ वटा विभिन्न सस्थाले पशुपतिमा स्वास्थ्य शिविर संचालन गर्ने भन्दै ठुलो मात्रामा औंषधि लगेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts