अस्पतालमा बिजुली नहुँदा अक्सिजन नपाएर ६ महिने बालिकाको ज्यान गयो



Download our app to get more features

दैलेख,१ फागुन । दैलेखको दुल्लु अस्पतालमा २ दिन देखि लगातार बिजुली नहुँदा हिजो उपचार गराइरहेकी एक बालिकाको अक्सिजन अभावका कारण ज्यान गएको छ ।

दुल्लू नगरपालिका वडा नं. ५ रिजु पोखरा घर भई हाल दुल्लू अस्पतालमा उपचारमा रहेकी  ६ महिने बालिका पुष्पा  बिकको विद्युत अभावका कारण अक्सिजन नपाएर मृत्यु भएको हो । 
अनियमित विद्युत प्रवाह तथा अस्पतालमा सिङगल फेजको मात्र विद्युत लाईन जोडिएका कारण बेला बेलामा विद्युत लामो समयसम्म जाने गरेको छ ।

विद्युत नहुँदा अस्पतालमा हाल बिजुलीबाट संचालन हुने एक्सरे, भिडीयो एक्सरे, ल्याव , निबुलाईजर सेवा, अक्सीजन सेवा, ईमरजेन्सी वार्डहरुमा बत्ती तथा बिरामी भर्ना भएका वार्डहरु निकै प्रभावित भएका छन । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts