शहरी क्षेत्रमा सिजेरियन प्रसुति गराउने बढ्दै



Download our app to get more features

काठमाडौं, १ फागुन । गर्भवतीको समयमा प्राय महिलाले शिशु नर्मल अवस्थामा वा अपरेशन (सिजेरियन) गरेर हुन्छ भन्ने द्धिविधामा पर्ने गर्छन् । शिशु नजन्मेसम्म गर्भवती महिलाहरु यसकुरामा बढी चिन्तित हुने गर्छिन् ।

आजकल नर्मलभन्दा पनि सिजेरियन विधिबाट शिशु जन्माउने चलन बढी छ । धेरै कम महिलाले मात्रै नर्मल डेलिभरीबाट स्वस्थ शिशुलाई जन्माउने गर्छन् । 

प्रायः शहरी इलाकामा महिलाले सिजेरियन पद्धतिबाट अपरेशन गरेर मात्रै शिशु जन्माउने प्रचलन छ । अहिले महिलाहरुले नर्मल अवस्थामा शिशु जन्माउने भन्दा पनि अपरेशन गर्ने तर्फ आकर्षित भएको पाइन्छ । 

किन सबै महिलाहरु अपरेशनबाट शिशु जन्माउन चाहन्छन् ? 
प्रायः गर्भवती महिलाहरु शारीरिक अभ्यास कम गर्छन् । कामकाजमा व्यस्त रहने महिलाहरु समेत धेरै समय आराम गर्छन् । शारीरिक अभ्यास कम हुँदा उनीहरुको तौल बढी हुन्छ । 
सिजेरियन अपरेशन गर्ने मुख्य कारण महिलाहरुको उमेर पनि हो । यी सबै कारणबाट महिलाको शरीरमा लचकता कम हुने गर्छ । 

महिलाको शारीरिक अभ्यास कम हुने कारण शिशुको अगाडिको भाग ठीक तरिकाले विकास भएको हुँदैन जसको कारण उनीहरुले बाध्य भएर सिजेरियन पद्धतिबाट शिशु जन्माउँछन् । 
अपरेशन गर्ने अन्यकारण केही महिलाहरुले प्रशव पीडा सहन नसक्ने कारण पनि हो । केही परिवार निश्चित समयमा शिशु जन्माउने योजना बनाएका हुन्छन् यसकारण पनि उनीहरु सिजेरियन पद्धतिको सहारा लिन पुग्छिन् ।

के भन्छ नेशनल फेमिली हेल्थको सर्भे ? 
नेशनल फेमिली हेल्थले भारतमा हालै गरेको सर्भेका अनुसार सरकारी अस्पतालहरुमा १० प्रतिशत सिजेरियन डेलिभरी हुनेगर्छ भने प्राइभेट अस्पतालमा ३१.१ प्रतिशत सिजेरियन डेलिभरी हुने गर्छ । यस तथ्यांकले प्राइभेट अस्पतालमा सरकारी अस्पतालभन्दा तीनगुणा सिजेरियन डेलिभरी हुने गर्छ । 

सर्भेका अनुसार स्वास्थ्य सेवामा निजीकरण बढ्दै जानु र अस्पतालमा धेरै मुनाफा कमाउने प्रबृत्ति बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । सर्भेका अनुसार शिक्षित महिलाहरु भएको प्रदेशमा धेरै सिजेरियन प्रविधिबाट शिशु जन्माउने प्रबृत्ति बढी पाइन्छ  । 

विश्व स्वास्थ्य संगठनका अनुसार सन २०१० सम्ममा करिब ८.५ प्रतिशत महिलाले सिजेरियन डेलिभरी गरेको तथ्यांक छ । यसमा सरकारी र निजी अस्पतालको समेत तथ्यांक संकलन गरिएको छ ।  
सन् २०१५ देखि २०१६ सम्ममा यो १७.२ प्रतिशतले बढेको पाइन्छ । यो १० देखि १५ प्रतिशतको बीचमा हुनुपर्ने थियो । 

अपरेशनबाट जन्मिएका बच्चाहरु बिरामी धेरै 
नर्मल डेलिभरीबाट जन्मिएका बच्चाहरु स्वस्थ हुने र सिजेरियन प्रविधिबाट जन्मेका बच्चामा धेरै मोटोपनको समस्या, एलर्जी र टाइप वान डाइबेटिज हुने जोखिम बढी हुने सर्भेले देखाएको छ । बढी उमेरका महिलाले अपरेशन गर्नुपर्ने भ्रम पाइन्छ । बच्चा जन्माउँदा साइत हेर्ने चलन पनि यताकता पाइन्छ । साइतमा बच्चा जन्माउँदा बुद्धिमान, तेज दिमाग हुने अन्धविश्वासका कारण पनि महिलाहरु साइतमा बच्चा जन्माउन सिजेरियन गर्न पछि पर्दैनन् । जबकि यसको लागि स्त्री रोग विशेषज्ञको सल्लाह जरुरी हुन्छ । 

नर्मल डेलिभरी नहुने कारण एक गर्भवती महिलामा मोटोपनाको समस्या पनि हो । गर्भावस्थाको समयमा महिलामा बढी मोटोपनाका समस्या हुने कारण डेलिभरीको बेला उनीहरुले पीडा महशुस गर्छन् । 
यदि गर्भवती महिलालाई मधुमेह, थाइराइड वा उच्च रक्तचापको समस्या छ भने नर्मल डेलिभरी गर्दा समस्या आउन सक्छ । 

एजेन्सीको सहयोगमा
 

Last modified on 2018-02-13 13:13:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts