जब आँखाबाट १४ वटा किरा निकालिए..



Download our app to get more features

ओरेगाव,१ फागुन । आँखा निकै संवेदनशील अंग हो । आँखामा सानो धुलो पर्दा समेत असह्य पीडा हुने गर्छ । 

अमेरिकाकी एक महिलाको आँखाबाट १४ वटा किरा निकाल्दा कस्तो पीडा महशुस गरेकी हुन् उनले । यस्तो घटना पहिला जनावरमा देखिए पनि मानव आँखामा यतिधेरै किरा निकालेको यो  पहिलोपटक हो । 
सन् २०१६ मा उपचारको क्रममा अमेरिकाकी एक महिलाको आँखाबाट १४ वटा किरा निकालेको थियो । 

ओरेगावमा बस्ने एब्बी बेकको आँखाबाट १४ वटा किरा निकालेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । एब्बीलाई थेलाजिया गुलोसा नामक रोग लागेको थियो । यस प्रकारको रोग अमेरिकी जनावरमा पाइने गर्छ । आँखामा लागेको यस प्रकारको किरा फेस फ्लाई नामको किराबाट फैलिने गर्छ । 

ती महिलालाई ओरेगावमा घोडा सवारी र माछा मार्ने क्रममा उक्त रोग फैलिएको अनुमान गरिएको छ । त्यहाँबाट फर्किने क्रममा ती महिलालाई आँखा चिलाउने समस्या भएको थियो । एकहप्तासम्म आँखा मिच्ने क्रममा उनको आँखाबाट एउटा किरा निस्केको थियो । आँखाबाट किरा बाहिरिएपछि उनी अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । 

चिकित्सकले उनको आँखाबाट बाँकी १३ वटा किरा निकालेका थिए ।  

मानव शरीरमा पहिलोपटक देखिएको यस प्रकारको किरा यसअघि कुकुर र विरालोमा देखिएको थियो । अमेरिकाको जर्नल अफ ट्रापिकल मेडिसिन एन्ड हाइजिनमा प्रकाशन भएपछि यो खबर बाहिर आएको हो । 
एजेन्सी


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts