स्वास्थ्य मन्त्री बोहराले भने- मेरो कार्यकालमा भएको कामलाई निरन्तरता हुने आशा छ



Download our app to get more features

काठमाडौं, ३ फागुन । स्वास्थ्य मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरी स्वास्थ्य मन्त्री दीपक बोहरालाई विहीबार विदाइ गरेको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै स्वास्थ्यमन्त्री बोहरा पनि मन्त्रालयबाट बिदा भएका हुन् । 

कार्यक्रममा मन्त्री बोहराले आगामी सरकारले राजनैतिक स्थायित्व बोकेको र स्वास्थ्य क्षेत्रको दीर्घकालीन नीति निर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
अस्थिर राजनीतिले स्वास्थ्यका कार्यक्रमहरु पटक पटक परिवर्तन हुँदा समस्या भएको तर अब बन्ने स्थायी सरकारले यस्ता समस्या व्यहोर्नु नपर्ने उनले आशा व्यक्त गरे । 

आफ्नो कार्यकालमा भएका स्वास्थ्य नीति, बीमा, नर्सिङ नीति र तीन प्रकारका जटिल बिरामीलाई दिने भत्ता दिने लगायतका निर्णयलाई नयाँ सरकारले निरन्तरता दिने मन्त्री बोहराको आशा छ । 
काम गर्ने दौरानमा केही गल्ती भएमा त्यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिन उनले मन्त्रालयका कर्मचारीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रका कर्मचारी स्थायी सरकार भएको भन्दै एक भएर स्वास्थ्यक्षेत्रको विकासमा लाग्न उनले अनुरोध गरे । 
मन्त्री बोहराले छोटो कार्यकालमै प्रभावकारी काम गरेको सचिव डा. पुष्पा चौधरीले प्रशंसा गरिन् । 

Last modified on 2018-02-15 16:15:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts