त्रिवि शिक्षण अस्पतालमा अध्ययन गरेका विद्यार्थीको भेला हुँदै



Download our app to get more features

काठमाडौं, ३ फागुन । त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीको संगठन नेपाल मेडिकल स्टुडेन्ड सोसाइटीले विद्यार्थी भेला गर्ने भएको छ । 

त्रिविमा अध्ययन गरेका पहिलो ब्याचदेखि हालसम्मका ३८ ब्याचका मेडिकलका विद्यार्थीलाई शुक्रबार एकै ठाउँमा भेला गर्न लागेको सोसाइटीले जनाएको छ । 
अस्पतालमा पढेका पूराना तथा नयाँ विद्यार्थीलाई एकैथलोमा भेला गराएर विद्यार्थीबीच आत्मियता बढाउन तथा अन्तक्रियामार्फत ज्ञान हासिल गर्ने उदेश्यले भेला बोलाएको आयोजक विद्यार्थी संस्थाका अध्यक्ष डा. अमित शर्माले जानकारी दिए । 

विद्यार्थी भेला कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका प्राध्यापकहरु डा. हेमांगत दिक्षित, डा. केबी रावत र डा. पुष्पराज शर्मा लगायतको मन्तब्यसहित विद्यार्थीसँग अन्तक्र्रिया गर्ने जनाइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts