'गोलभेँडा र भण्टा' धेरै खानेलाई पत्थरीको जोखिम उच्च



Download our app to get more features


नवभारत टाइम्स । पानी कम पिउने तथा गोलभेँडा र भण्टा बढी खाने व्यक्तिमा पत्थरीको जोखिम उच्च हुन्छ । भारतको लखनउस्थित केजीएमयूको जनरल सर्जरी विभागमा हालै सम्पन्न कार्यक्रममा यस बारेमा सर्जन डा. विनोद जैनले बिफ्रिङ गरेका छन् । उनका अनुसार गोलभेँडा तथा भण्टाकोभित्र हुने बिउका कारण पत्थरीको जोखिम बढ्छ । 
डा. जैनका अनुसार गोलभेँडा तथा भण्टाद्वारा बनाईने खानामा तिनीहरूको बियाँ निकालेर मात्र खाए त्यसको जोखिम निकै कम हुन्छ । उनले गोलभेँडा र भण्टाको बियाँ निकाले खान सुझाव पनि दिएका छन् । उनी भन्छन् ‘५ एमएम भन्दा साना पत्थरी हुँदा शल्यक्रिया नै गर्नुपर्ने अवश्यकता पर्दैन् । प्रशस्त पानी पिउने तथा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दा पत्थरी आफै जाने गर्छ ।’ सो कार्यक्रममा पत्थरीका ३० प्रतिशत बिरामी झोले डक्टरकोमा जाने गरेको र यसका कारण समस्या झन बढ्ने गरेको उनको आरोप थियो । 
 

Last modified on 2018-02-16 16:55:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts