सरकारसँगै छैनन् ‘एनेस्थेटिस्ट' डाक्टर
५० बेड सम्मका अस्पतालमा शून्य उपस्थिति

काठमाडौं, ४ फागुन । बिरामीको शल्यक्रियाको समयमा बेहोश पार्ने चिकित्सक ‘ ‘‘एनेस्थेटिस्ट ’ को सरकारलाई चरम अभाव देखिएको छ ।
स्वास्थ्य सेवाको विस्तार क्रमिक मात्रामा बृद्धि हुदै जाने तर, ‘एनेस्थेटिस्ट' को संख्या आवश्यक अनुसार नहुँदा अप्रेशन लगायतका महत्वपुर्ण सेवा ठप्प भएका छन् ।
उपत्यका लगायत केही अञ्चल अस्पतालमा एक — एक जना ‘एनेस्थेटिस्ट' रहेपनि दरबन्दी अनुसार नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र प्रसुति गृहमा भने दरबन्दी अनुसार ‘एनेस्थेटिस्ट' को संख्या रहेको छ, श्रेष्ठले भने, बाँकी कुनै अस्पतालमा पनि ‘एनेस्थेटिस्ट' को संख्या आवश्यकता अनुसार छैन ।
सरकार समक्ष देशभरी हाल जम्मा १८ जना मात्रै ‘एनेस्थेटिस्ट' चिकित्सक रहेका छन् । दरबन्दी अनुसार २७ जना अझै रिक्त छ । श्रेष्ठले कम्तिमा पनि २७ जना ‘एनेस्थेटिस्ट' भए ५० वेड सम्मका प्रत्येक सरकारी अस्पतालमा एक जनासम्म पठाउन सकिने बताए । ‘एनेस्थेटिस्ट' नहुदाँ कतिपय स्थानमा सहायक ‘एनेस्थेटिस्ट' ’ बाट सामान्य चिरफारका कामहरु हुदै आएका छन् । तर, भित्री चिरफारमा भने ‘एनेस्थेटिस्ट' नै आवश्यक पर्दछ ।
नेपालमा ‘एनेस्थेटिस्ट' को अवस्था :
नाम |
दरबन्दी |
रिक्त |
कोशी अञ्चल अस्पताल |
१ |
१ |
सगरमाथा अञ्चल अस्पताल |
१ |
१ |
जनकपुर अञ्चल अस्पताल |
१ |
१ |
नारायणी उपक्षेत्रीय अस्पताल |
१ |
१ |
भरतपुर अस्पताल |
१ |
१ |
लुम्बीनी अञ्चल अस्पताल |
१ |
१ |
राप्ती अञ्चल अस्पताल |
१ |
१ |
डडेल्धुरा उप—क्षेत्रीय अस्पताल |
१ |
१ |
महाकाली अञ्चल अस्पताल |
१ |
१ |
धौलागिरी अञ्चल अस्पताल |
१ |
१ |
कान्ति बाल अस्पताल |
१ |
१ |
वीर अस्पताल |
१ | – |
ट्रमा सेन्टर |
१ | – |
प्रसुति गृह – २
५० वेड मुनिका अस्पतालमा
नाम |
दरबन्दी |
रिक्त |
गोरखा अस्पताल |
१ |
१ |
बारा जि.अ. |
१ |
१ |
त्रिशुलि अस्पताल नुवाकोट |
१ |
१ |
हेटौंडा अस्पताल मकवानपुर |
१ |
१ |
दयपुर अस्पताल गाइघाट |
१ |
१ |
सिन्धुली अस्पताल सिन्धुली |
१ |
१ |
मलंगवा अस्पताल मलंगवा सर्लाही |
१ |
१ |
गुल्मी अस्पताल गुल्मी |
१ |
१ |
गुलरिया अस्पताल बर्दीया |
१ |
१ |
जी.अ. म्याग्दी |
१ |
१ |
जी. अ. जाजरकोट |
१ |
१ |
रामपुर अस्पताल पाल्पा |
१ |
१ |
टिकापुर अस्पताल, कैलालि |
१ |
१ |
जी.अ. सुनसरी |
१ |
१ |
जी. अ. सिरहा |
१ |
१ |
गौंर अस्पताल रौतहट |
१ |
१ |
पढ्नै मान्दैनन् एनेस्थेसीयोलोजी
मन्त्रालयका अनुसार एनेस्थेसीयोलोजीको अध्ययनमा विद्यार्थीहरुको ध्यान नजाने गरेको पाइएको छ भने सरकारले दिएको एनेस्थेसीयोलोजी छात्राबृद्धि कोटा पनि थोरै छ ।
डाक्टरी पेसा जस्तो ‘एनेस्थेटिस्ट’ नभएको विद्यार्थीहरु बताउने गर्छन । मन्त्रालयका अनुसार विद्यार्थीहरुले सबैले मान्ने र बाहिर पनि काम गर्न स्वतस्फुर्त पाउने भएकाले ‘‘एनेस्थेटिस्ट’ भन्दा डाक्टर उपयुक्त ठान्छन । पछिल्ला बर्षमा विद्यार्थीको रोजाईमा रेडियोलोजि, मेडिसिन, अर्थोपेडिक्स पर्ने गरेको छ । सरकारले यस आर्थिक बर्षका लागि एनेस्थेसीयोलोजी अध्ययन छात्राबृद्धिमा १० कोटा छुट्याएको छ ।