आइओएममा अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न [फोटोफिचर]



Download our app to get more features

काठमाडौं, ४ फागुन । त्रिभुवन विश्वविद्यालयको चिकित्सा स्वास्थ्य अध्ययन संस्थान (आइओएम)मा अध्ययन गरेका विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । 

आयोजक नेपाल मेडिकल स्टुडेन्ड सोसाइटीले शुक्रवार आइओएममा पढेका विद्यार्थीहरुको भेला कार्यक्रम राखेको थियो ।  आयोजकले आइओएममा अध्ययन गरेका प्रथम व्याचदेखि हालको ३८ ब्याचसम्म अध्ययनरत मेडिकल विद्यार्थीहरुको भेला गरेको थियो ।  

अस्पतालमा पढेका पूराना तथा नयाँ विद्यार्थीहरुलाई एकैथलोमा भेला गराएर विद्यार्थीहरुबीच आत्मीयता बढाउने तथा अन्तक्र्रिया मार्फत ज्ञान हासिल गर्ने उदेश्यले विद्यार्थीहरुको भेला गरेको आयोजक विद्यार्थी संगठनका अध्यक्ष डा अमित शर्माले जानकारी दिए । 

विद्यार्थी भेला कार्यक्रममा आइओएमका डिन प्रा.डा. जगदीश अग्रवाल, प्रा.डा. हेमांग दिक्षित, प्रा.डा. अर्जुन कार्की लगायत चिकित्सक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।  
कार्यक्रममा सांगीतिक प्रस्तुति लगायत उपस्थिति अतिथिहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।

 विद्यार्थी भेला कार्यक्रमको मिडिया पार्टनरका रुपमा हाम्रो डक्टर न्यूज रहेको थियो । 

Last modified on 2018-02-17 09:32:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts