‘प्रोफाइरिया’ले उजाडिएको एउटा खुशी - ‘अब त आँशुपनि सकियो’

What's This?


Download our app to get more features

काठमाण्डौ, २ जेठ । स्याङ्जा चापाकोटका सतिष गैरे १८ वर्षका पुगे । ११ वर्षको उमेरदेखि पेट दुख्ने समस्याले ग्रसित गैरेले स्थानीय मेडिकलले सिफारिस गरेको थुप्रै औषधि सेवन गरे । बेलाबेलामा दुख्ने र ठीक हुने भएकाले यसलाई उनका अभिभावकले सामान्य रुपमा लिए । 


एक वर्षअघिदेखि पुनः सोही समस्या दोहोरिएपछि भने उनलाई पेट दुख्ने, रगतै बान्ता हुने, कब्जियत जस्ता थुप्रै समस्या एकपछि अर्को गरी देखिन थाल्यो । छोरालाई यस्तो प्रकृतिको रोग देखिएपछि दुबईमा रहेका बासुदेव गैरे आकस्मिक घर आए र पोखराको मणिपाल अस्पतालमा ल्याई कब्जियत ठिक पार्ने उपचार गरियो । तर जति गरेपनि शतिसलाई सयको उनान्सय भएन । 


वान्ता हुने, छारे आउने, अत्याधिक टाउको, पेट दुख्ने समस्या बढेपछि उनलाई अघिल्लो महिना महाराजगञ्जको शिक्षण अस्पताल ल्याइयो । त्यहाँबाट आइसियू नभएपछि किष्ट मेडिकल कलेज पुर्याइएका उनलाई ‘एक्यूट इन्टरमिटेन्ट प्रोफाइरिया’ नामक रगत सम्बन्धी वंशानुगत रोग भएको पत्ता लाग्यो ।


राजधानीको किष्ट, मनमोहन लगायत अस्पताल धाउँदा धाउँदा सतिसका बुबाले खाडीमा कमाएको चार लाख रुपैयाँ सकिसकेका छन् । पैसा सकियो तर छोराको स्वास्थ्यमा भने पटक्कै सुधार भएन । यी सबै घटनाक्रमले विक्षिप्त बनेका गैरे दम्पत्तिले कसैले नभोगेको आर्थिक र मानसिक पीडा भोगिरहेका छन् । 


पछिल्लो समय गैरे दम्पत्तिको पीडामा अलिकति भनेपनि मल्हम लागेको छ । स्याङजा चापाकोट नै स्थायी घर भई हाल बसुन्धारामा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पताल सञ्चालन गरिरहेका डाक्टर बुद्धिमान श्रेष्ठ यतिबेला उनीहरुको सहारा भएका छन् । डाक्टर श्रेष्ठकै सहयोगमा उनीहरुले अहिले औषधि बाहेक निशुल्क बेड र निशुल्क उपचार सेवा लिइरहेका छन् । 


मानिसको रक्तकोष हेमोग्लोबिन प्रोटिन मिलेर बन्छ । वंशानुगत कारणले ‘इन्जाइम’मा गडबढी आई हेमोग्लोविनको ‘हेम’ बन्ने प्रकृया असमान्य हन्छ । यसैलाई प्राफाइरिया भनिन्छ । यसमा शीघ्र प्रतिक्रिया देखाउने प्रोफाइरियालाई एक्यूट इन्टरमिटेण्ट प्रोफाइरिया भनिन्छ । प्रोफाइरिया रोग प्रतिलाख ५ जनालाई देखिने अन्तराष्ट्रिय अनुमानित तथ्यांक छ । 


यसको कुनै निश्चित उपचार विधि छैन । भने यो रोग निको पनि हुँदैन । रोगका कारण देखिने विविध जोखिमको ‘सपोर्टिभ ट्रिटमेण्ट’मात्र गर्न सकिने कान्तिपुर डेण्टल एवं जनरल अस्पतालका फिजिसियन दुर्गा भण्डारीले जानकारी दिए । जस अन्तर्गत शरीरमा ग्लुकोजको मात्रा मिलाउन ग्लूकोज चढाउने, टाउको, पेट दुखाइका लागि अन्य औषधि दिइने प्रकृयामात्र अपनाइएको चिकित्सकको भनाई छ ।

बिरामीको थप उपचारका लागि ‘हेमिन इन्फ्यूजन’ चाहिन्छ जुन नेपालमा छैन । यसका लागि भारत वा अन्य मुलुक जानुपर्छ । जसका लागि न त गैरेका परिवार सक्षम छन् न त कसैले सहयोग नै गरेका छन् । 

अस्पतालले गैरेको उपचारका लागि सहयोग गर्न सबैलाई अपिल पनि गरेको छ । त्यस्तै महिनौंदेखि अस्पतालमा बास बसेका गैरे दम्पत्ति पनि भर्खरै एसएलसी दिएको छोरालाई कसरी ठीक पार्ने भन्ने चिन्तामै बाँचिरहेका छन् ।

‘प्रत्येक पल छोराको आँसु र पीडा देखेर आफ्नो आँशु समेत सकिसक्यो’ बुबा बासुदेवले गहभरी आँशु बनाउँदै सुनाए ।  

गैरेको उपचारका लागी स्याङजा, पाल्पाका समासदहरुले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

Last modified on 2016-05-16 11:06:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts