अरुको भाग खोस्न स्वास्थ्य विभाग जान्नँ : डा. विनोदमान श्रेष्ठ



Download our app to get more features

काठमाडौं, ६ फागुन । स्वास्थ्य मन्त्रालयमा डा. विनोदमान श्रेष्ठ शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । 

पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णय गरेर डा श्रेष्ठलाई फागुन २ गते स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो ।  

डा तारानाथ पौडेल र डा राजेन्द्र पन्तबीच विभागको महानिर्देशक पदमा चलिरहेको तीब्र प्रतिस्पर्धाका बीच सरकारले डा श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।  जाँदाजाँदै सरकारले डा श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो । डा. श्रेष्ठ भने उक्त पदमा रहने मनशाय नभएको बताउँछन् । 

डा श्रेष्ठको सेवाअवधि चैतमा सकिँदैछ । रिटायर्ड हुने बेलामा सरकारले दिएको जिम्मेवारीप्रति उनी सन्तुष्ट देखिँदैनन् ।  बाँकी समय मन्त्रालयमै बसेर रिटायर्ड हुने उनको सोच थियो । सेवाअवधिको अन्तिम समयमा विभाग गएर उनी विवादित बन्न चाहँदैनन् ।  

डा राजेन्द्र पन्त र डा तारानाथ पौडेलको विभागको महानिर्देशक पदमा देखेको तीब प्रतिस्पर्धाका बीच उनी आफूलाई उभ्याउन चाहँदैनन् ।  

स्वास्थ्य क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै डा श्रेष्ठ हरेक अन्तर्कि्रयामा अंग्रेजी अक्षरको 'ए, बी, सि, डी, इ' को अर्थ सम्झाउँदै स्वास्थ्य क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र सकारात्मक सोचको आवश्यकता रहेको बताउँछन् । यसलाई सबैले व्यवहारमा ल्याउनुपर्ने उनको भनाइ छ ।

उनको यसै शालीन स्वभावबाट पनि उनी रिटायर्डको समयमा विवादित बन्न नचाहेको प्रष्ट देखिन्छ । विदामा बसिरहेको समयमा पूर्व सल्लाह केही नगरी डा श्रेष्ठलाई विभागको महानिर्देशको जिम्मेवारी दिएको थियो ।   

विभागको महानिर्देशक रहेका डा राजेन्द्र पन्तलाई हटाएर पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले उनको ठाउँमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा तारानाथ पौडेललाई नियुक्त गरेको थियो । 

समय नसकिँदै सरकारले गैरकानुनी तवरले हटाएको भन्दै सर्वोच्च अदालतले डा पन्तलाई विभागको महानिर्देशकका रुपमा पुनर्वहाली गरेको थियो । सर्वोच्चको फैसलापछि डा पन्तले विभागमा महानिर्देशकको हैसियतमा हाजिर गर्दै आएका थिए ।  विभागमा खटाए पनि उनी त्यहाँ जाने मनस्थितिमा छैनन् ।  विभागको महानिर्देशक पदमा देखिएको विवादबाट उनी आफूलाई टाढै राख्न चाहन्छन् । 

'पदको लागि अरुलाई रुवाएर म त्यहाँ जान्नँ, यसैपनि मेरो धेरै कार्यकाल छैन्, म चाँडै रिटायर्ड हुँदैछु । यस अवस्थामा मलाई विभाग जाने कुनै रुचि छैन् ' उनले भने। विभागको महानिर्देशक पदमा बस्ने कुनै लोभ नभएको बताउँदै उनले अरुको मन दुखाएर विभागमा नजाने बताए ।   

उनले भने 'विभागमा के भइरहेको छ त्यसबारेमा डा पन्त र डा पौडेल दुबैसँग जानकारी लिन्छु त्यसपछि मात्रै म निर्णय गर्छु । कसैको भाग खोस्न म त्यहाँ जान्नँ उनले भने । 'अरुको मन रुवाएर म महानिर्देशक बन्दिन । 
म त्यहाँ जाँदा अरु तड्पिन्छ भने म किन  जानु' उनले भने । अहिलेसम्म मन्त्रालयको नियुक्ती पत्र नबुझेको उनले जानकारी दिए । 

'विभागमा केही अप्ठ्यारो देखेर मलाई नियुक्ति गरेको हो कि के हो त्यो म जान्दिन् । त्यसबारेमा चाँडै बुझ्नेछु' उनले भने ।  

Last modified on 2018-02-19 09:05:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts