ब्लू क्रस हस्पिटलले गर्यो प्रहरीको स्वास्थ्य जाँच



Download our app to get more features

काठमाडौं, ७ फागुन । ब्लू क्रस हस्पिटलले नेपाल प्रहरीलाई लक्षित गरी स्वास्थ्य शिविर गरेको छ । 

हस्पिटलले समझदारी मार्ग ज्ञानतीर्थ टोल सुधार समिति, नेपाल अर्बुद रोग निवारण  संस्था एवं क्यामेलिया उच्च मा.वि. को संयुक्त आयोजनामा एक दिने निःशुल्क प्रहरी स्वास्थ्य शिविरको आयोजना गरेको थियो । 

शिविरमा प्रमुख अतिथिको रुपमा श्री प्रहरी नायव महानिरिक्षक जय बहादुर चन्द, महानगरिय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्व राज पोखरेल, महानगरिय प्रहरी परिसर प्रहरी उपरिक्षक राम दक्त जोशीले संयुक्त रुपमा शिविरको उद्घाटन गरेका थिए । 

शिविरमा वरिष्ठ चिकित्सक डा. अजय पराजुली,डा. ओमार मान प्रधान, डा. सौरव दाहाल र डा. अनिता महर्जनले उपचार सेवा प्रदान गरेका थिए । 
शिविरमा करिब १८० प्रहरीको स्वास्थ्य जाँच गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts