स्वास्थ्य संस्थामा चिकित्सक : कतै फालाफाल कतै अभाव



Download our app to get more features


काठमाडौं, ८ फागुन । देशभरी रहेका स्वास्थ्य संस्था र त्यहाँ कार्यरत चिकित्सकसहित भौतिक संरचनाका बारेमा लिखित रुपमा स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनमा चिकित्सक कतै फालाफाल कतै अभाव देखिएको छ ।

पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्वास्थ्य संस्थाको अवस्था बुझ्दा कहि फालाफाल कहि अभाव र दबाबमा काम गरिरहेको फेला परेको हो । मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण, औषधिको अवस्था, फार्मेसीको अवस्था, भौतिक पुर्वाधारको अवस्थाका बारेमा जानकारी लिएको थियो । मन्त्रालयले स्वास्थ्य सस्थान सुधारका लागि योजना बनाउन यसरी अनुगमन गरेको प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले जानकारी दिए । 

कुन जिल्लाको अवस्था कस्तो ?

काठमाण्डौंको अवस्था 

  • वीर अस्पतालमा अत्याधिक बिरामीको चाप, कर्मचारीको अभाव, स्थानको अभाव, फार्मेसी राख्ने ठाउँको अभाव अनुसन्धानमा पाइएको छ । 
  • काठमाण्डौं जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य सस्थामा भने कर्मचारी धेरै तर, विरामीको चाप शुन्य जस्तो देखिएको छ । 
  • उपत्यकाको व्यस्त सहर भन्दा बाहिर उपचार गराउन विरामी नजाने गरेको पाइएको छ । गएपनि सामान्य रहेको । 
  • स्थानीय तहमा जाँदा कर्मचारीको दोहोर उत्तरदायीत्व ।
  • उपत्यकामा सरकारले उपलब्ध गराउदै आएके निःशुल्कको औषधि अभाव देखिएन ।
  • ९ सय भन्दा बढी स्वास्थ्य संस्थाले  संचालन अनुमति पाएको ।
  • काठमाण्डौं वरिपरिका पिएसीहरुमा ८ जना सम्म छात्राबृद्धीका डाक्टरहरु गएका तर, काम नपाएका । घर बसेर तलब भक्ता खाएका ।
  • न्याम्सका कर्मचारीलाई काममा लगाउन गारो । कर्मचारी चलाउनै नसक्ने । 
  • बिशेषज्ञहरु नहुदा स्वास्थ्य सेवा प्रभावित । हेपाटोलोजि, युरोलोजि, न्युक्लियर मेडिसिन जस्ता रोगका बिशेषज्ञको अभाव ।
  •  

भक्तपुरको अवस्था 

  • भक्तपुर जिल्ला अस्पताल सामान्य सुधारतर्फ जाँदै ।
  • स्थानिय तहमा कर्मचारी व्यवस्थापनमा भक्तपुर एक कदम अगाडि देखियो ।
  • पहिला संचालनमा आएको छालाको सेवा भक्तपुरमा अहिले अवरुद्ध । 
  • भक्तपुर जिल्ला अस्पतालमा आईसियु संचालनका लागि जनशक्तिको अभाव ।
  • संक्रमणकालिन अवस्थाले गर्दा स्वास्थ्य संस्था नविकरण, स्वीकृती जस्ता अन्य सिफारिस अन्यौंलमा ।
  • शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जनशक्ति अभाव, ठाउँको अभाव । तर केन्द्र नमुनाका रुपमा विकास हुदै गएको ।

ललितपुरको अवस्था 

  • ललितपुरका स्वास्थ्य संस्थाहरु आर्थिक रुपले आफै धानिन सक्ने अवस्थामा रहेको ।
  • केही कार्यालयमा कर्मचारीहरुको अभाव ।
  • स्थानिय तहमा स्वास्थ्यका कर्मचारी खटाइसकिएको ।
  • स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण ।
  • जिल्ला भरी औषधि आपुर्तिमा कुनै समस्या नरहेको ।
  • कार्यालय संचालन र सरसफाई सन्तोषजनक ।
     
Last modified on 2018-02-22 12:17:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts