फिजियोथेरापीले ठीक हुन्छ पक्षघात

(भिडियोसहित)



Download our app to get more features

चन्द्र खत्री, फिजियोथेरापिष्ट 
विभिन्न कारणले मस्तिष्कमा रगतका नशाहरू फुट्दा क्षतिले शरीरको एक पाटो नचल्नु वा आवश्यक काम नगर्नुलाई मस्तिष्कघातका कारण हुने पक्षघात भनिन्छ ।

प्रमुख कारण :

  • उच्च रक्तचाप ।
  • मधुमेह ।
  • मुटु रोग ।
  • रक्तनलीहरू फुल्नु वा कमजोर हुनु ।

मस्तिष्कघातको लक्षण देखिने बित्तिकै बिरामीलाई अस्पताल लौजानुपर्छ । बिरामीको अनुहार एकतिर बांगिएजस्तो देखिन थालेमा, हातहरू कमजोर हुन थालेमा, बोली लरबरिए मस्तिष्कघात भएको हुनसक्छ । यस्तो अवस्थामा बिरामीलाई अस्पताल पुर्याउन ढिला भए ज्यानै समेत जानसक्छ । बिरामीलाई बचाउन सकिए पनि पूर्ण निको नहुनसक्छ । 

मस्तिष्कघात भई पक्षघात भएका बिरामीको सुरुमा मेडिकल्ली उपचार गर्नुपर्छ । बिरामीको अवस्था हेरेर औषधिमात्र चलाउने वा शल्यक्रिया जे गर्नु पर्ने हो, सो गरिसकेपछि फिजियोथेरापीको काम आउँछ । 

थेरापी यसकारण राम्रो 
विभिन्न उपकरणको सहायताले शारीरिक कसरतको मध्यमबाट रोग निको पर्ने उपचार पद्धति फिजियोथेरापी हो । पक्षघात भइसकेपछि बिरामी सुरुमै अस्पताल आयो र फिजियोथेरापिष्टले भने अनुसार उपचार गर्यो भने पूर्ण निको हुन्छ । पूर्ण निको भएन भने पनि नियमित काम गर्न सक्ने हुन्छ । 
पक्षतघातले धेरै नै क्षति पुगे निको हुन ३–४ महिना भन्दा बढी समय पनि लाग्न सक्छ ।

पक्षघात भएपछि ५ देखि १० प्रतिशत मानिसमा दोहोरिएको पाइन्छ । यो पनि पहिलो वर्षमै दोहोरिने सम्भावना बढी रहन्छ । पहिलेदेखि नै मुटुरोग भएकालाई दोहोरिने सम्भावना बढी हुन्छ । सामान्यतया ३५ वर्ष नाघेका मानिसमा यो समस्या हुने सम्भावना प्रवल रहन्छ । त्यसमा पनि महिलाको तुलनामा पुरूषमा बढी देखिएको छ । 

बच्ने उपाए
यो समस्याबाट जोगिने पहिलो उपाय भनेको उच्च रक्तचाप, मधुमेह, तौल नियन्त्रणमा राख्नु नै हो । मुटुरोगीले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने, स्वस्थ खानपानमा ध्यान दिने, नियमित व्यायम गर्ने, नियमित स्वास्थ परीक्षण गर्ने, मस्तिष्कघात हुनबाट बच्नुका साथै एक पटक पक्षघात भैसकेको भए चिकित्सक तथा थेरापिष्टले भनेको कुरामा सचेत रहने ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-21 07:44:31

1 Comments

  1. News ko title fact huna parcha. Physio le mastiskaghaat thik hune bhaye sansaar kaha pugthyo. Stroke bhayeka maanchhe ko rehabilitation ma help huncha bhanne khaalko title huna parcha. Bigyapan nagarau.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts