हात्तीपाईले रोगविरुद्वको औषधि सेवन कार्यक्रम फागुन दोस्रो साता



Download our app to get more features

काठमाडौैं, ८ फागुन । सरकारले हात्तीपाईले रोग निवारणको लागि राष्ट्रिय रुपमा आम औषधि सेवन कार्यक्रम गर्ने भएको छ । 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलवार पत्रकार सम्मेलन गरी १२, १३ र १४ फागुनमा सरकारले हात्तीपाईले रोगविरुद्वको औषधि सेवन गराउने जनाएको छ । 
हात्तीपाईलेको औषधि पाँचथर, ईलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर लगायत २४ जिल्लामा खुवाइने महाशाखाले जनाएको छ । 

औषधि सेवन कार्यक्रमको लागि ८ हजार ५ सय  ५७ स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ स्वयंसेवक परिचालन हुने महाशाखाले जनाएको छ । सरकारले २४ जिल्लाका ९१ लाख ५४ हजारलाई हात्तीपाईलेविरुद्वको औषधि सेवन गराउने लक्ष्य राखेको छ । 

Last modified on 2018-02-21 09:32:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts