कलेजो लामो समयसम्म खुम्चिने समस्या नै शिरोशिष

भिडियोसहित



Download our app to get more features

कलेजोमा लाग्ने दीर्घकालीन रोग मध्ये शिरोशिष पनि एक हो । कलेजो लामो समयसम्म खुम्चिने समस्या नै शिरोशिष हो । शिरोशिषबाट बच्न पेट र कलेजो रोग विशेषज्ञ डा. रविन शर्माको सुझाव यस्तो छ:-

लक्षण :

  • धेरैजसो मानिसमा केही लक्षण नै नदेखि शिरोशिष हुनसक्छ । कसै कसैमा भने पेटको दाहिने भाग भारि भएको जस्तो हुन्छ ।
  • केही मानिसमा जन्डिसका कारण पनि यो रोग लाग्न सक्छ ।
  • पेटमा पानी जम्ने ।
  • वान्ता रगत देखिने ।
  • मानसिक सन्तुलन गुमाउने । 

कारण :
यो रोग लाग्नुको कारणहरू धेरै नै छन् । लामो समयसम्म रक्सी सेवन गरेमा शिरोशिषको सम्भावना उच्च हुन्छ साथै हेपाटाइटिस बी, सी भएका मानिसमा शिरोशिषको जोखिम उच्च हुन्छ । यस्तै आयुर्वेद औषधि लामो समयसम्म प्रयोग गर्दा पनि शिरोशिषको जोखिम हुन्छ । 

यसरी थाहा पाउन सकिन्छ 

  • अल्ट्रासाउन्डमा कलेजोको खुम्चिएको, आकारमा परिवर्तन भएको देखिन्छ ।
  • पोटल भेन भन्ने नशा ठुलो भएको भिडियो स्क्यानबाट थाहा पाउन सकिन्छ ।
  • कलेजोको बायप्सी गर्नुपर्छ ।

बच्ने उपाय:

  • रक्सी सेवन गर्न हँुदैन् ।
  • हेपाटाइटिस बी र सीका कारण शिरोशिष भएको छ भने यसको उपचार गर्ने ।
  • कुनै औषधिका कारण कलेजो खराब भएको हो भने त्यस्ता औषधिको सेवन रोक्नुे ।
  • पेटमा पानी जमेमा, जन्डिस भएमा, वान्तामा रगत देखिए त्यसको उपचार गर्नु पर्छ ।
  • यदि कलेजो पुरै बिग्रिएको छ भने यसको अन्तिम उपचार भनेको कलेजो प्रत्यारोपण नै विकल्प हो ।

भिडियो हेर्नुहोस्:
 

Last modified on 2018-02-22 14:09:41

3 Comments

  1. Dr. Prakash Gyawalion Wed, Feb 21 2018 10:02 PM

    श्रीमान सम्पादक ज्यू, आयुर्वेदिक औषधि धेरै खाए शिरोशिष भन्ने Headline र लेखमा भएको आयुर्वेद औषधि को विषय हटाई दिनु हुन र यस्ता भ्रामक कुरा कतै बाट अाए नछापिदिनुहुन वा आयुर्वेद संग सम्बन्धित ब्यक्ति संग जानकारी लिएर मात्र प्रकाशन प्रसारण गर्दा यस अनलाइनको गरिमा बढ्ने कुरा समेत जानकारी गराउँदछु। अध्यक्ष, नेपाल आयुर्वेद चिकित्सक संघ।

  2. Non of the system of medicine is complete in itself. To cretesize any system, first of all a person should have deep knowledge. " little knowledge is dengerous thing" it seems same here. No body can survive without Ayurveda. Your kitchen room is also a kind of mini ayur pharmacy. so it provedes life. Dr Navin sharma sir, i'd like yo ask u one question regarding this matter. Do u have any prospective or retrospective data based clinical study regarding ayurvedic medicines proving Cirrhotic properties till now? if any show to the world otherwise never try to use such words. It never proves u as a scientist. Thanks.

  3. पेट र कलेजो रोग विशेषज्ञ डा. रविन शर्मा कहाँ बाट पढेका हुन? कसरी विशेषज्ञ भए। नक्कली डा हुन कि? कुनै पनि विषयको ज्ञान छैन भने बोल्नु हुँदैन। कुनैपनि चिकित्सा प्रणाली पूर्ण छैन। गलत प्रयोग भए सिटामोल ले पनि कलेजो ध्वस्त पार्छ भने अन्य औषधि को कुरै छोडौ। आयुर्वेदिक औषधि एलोप्याथि औषधि को दाजोमा सुरक्षित छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts