दलालको घेराभित्र स्वास्थ्य सेवा विभाग

दलालको धम्किपछि महानिर्देशक श्रेष्ठ पदवहाली गर्न नगएको खुलासा



Download our app to get more features

काठमाडौं, १० फागुन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग एक पछि अर्को गर्दै दलालको घेराभित्र फस्न थालेको छ ।

स्वास्थ्य सचिव पछिको महत्वपुर्ण जिम्मेवारी मानिएको स्वास्थ्य सेवा विभागमा महानिर्देशक नियुक्ति विवाद भित्रिरुपमा हुदै आएपनि दलालहरुका कारण यसपट सार्वजनिक रुपमै बाहिर आएको छ । तत्कालिन स्वास्थ्य मन्त्री दिपक बोहोराले स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा काम गर्दै आएका डा. राजेन्द्र पन्तलाई हटाएर विभागको महानिर्देशकमा पोखराका डा. तारा पौडेललाई बनाए पछि सुरु विवादले स्वास्थ्य क्षेत्र धरासायी बनाएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

दुई निर्देशक बीचको विवाद मिलाउन स्वास्थ्य मन्त्री बोहोराले फाल्गुन २ गते विदेशमा रहेका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई बिना जानकारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरेका थिए । तर, प्रमुख विशेषज्ञ श्रेष्ठको सेवा अवधि आगामि फागुन २१ गते सकिदैछ । 

विभागमा हाजिर नहुन दलालको धम्कि


स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन १२ औं तहको चिकित्सक आवश्यक पर्छ । त्यसमा पनि ११ र १२ औं तहको कर्मचारी सरुवा बढुवामा मन्त्री परिषदले निर्णय लिने कानुनी व्यवस्था छ । तर, आर्थिक चलखेलका कारण मन्त्रीले गैरकानुनी रुपमा ११ औं तहको चिकित्सकलाई निमित्वको जिम्मेवारी दिदै आएका छन् । पन्त र पौडेल बीचको विवादले डा. श्रेष्ठलाई महानिर्देशक बनाएपछि डा. पौडेलको आडमा विभिन्न दाललले श्रेष्ठलाई पदवहाली नगर्न दवाव दिएको खुल्न आएको छ ।

मलाई महानिर्देशकमा नियुक्ति गरेसंगै डा. पौडेलले फोन गरेर बाहिर भेट्न भने श्रेष्ठले भने, ‘मैले मन्त्रालयमा बोलाएँ उनले सामान्य काम हो बाहिर भेटौं भने । मैले मन्त्रालय बाहिर कुनै होटलमा भेटे उनले तपाई पदवहाली नगर्नुस भने ।’ १२ तहको भएकाले तपाईमा कुनै विवाद हुन्न तर, तपाई नआउनुस महानिर्देशक ९० प्रतिशत मैहो पौडेलले भनेपछि श्रेष्ठ पदवहाली नगरी मन्त्रालयमा बसेका छन् । स्वास्थ्य क्षेत्र भित्र श्रेष्ठलाई ईमान्दार व्यक्तिका रुपमा हेरिन्छ ।  

मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्य सेवा विभागबाट विभिन्न टेन्डरको काम मिलाउदै आएका नारायण कार्की लगायतको टिमले श्रेष्ठलाई रोक्न ठुलो शक्ति प्रयोग गरेका थिए । मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले कार्कीले पटक पटक आफुमाझ अनैतिक काम गर्न भन्दै दवाव दिन आएको स्पष्ट पारे । श्रेष्ठलाई रोक्ने दलालहरु हामिले चिनिसकेका छौं उनले भने, श्रेष्ठले डराउनु पर्दैन हामी उचित व्यवस्था गरेर पठाउछौं । उहाँले एक दुई दिन भित्रै महानिर्देशकको जिम्मेवारी सम्हाल्नु हुनेछ । पौडेललाई महानिर्देशक बनाउन मन्त्री बोहोरालाई ४० लाख रुपैयाँ दलालहरुले खुवाएको मन्त्रालय र विभागका उच्च अधिकारीहरुले बताएका छन् । त्यस बापतको काम लिन पनि श्रेष्ठलाई धम्याउने र पौडेललाई नै महानिर्देशक बनाउने दाउँमा दलालहरु देखिएका छन् । 

हामीले डा.पौडेललाई बनाउन खोजेका हौंः नारायण कार्की
स्वास्थ्य मन्त्रालयका अनुसार नारायण कार्की राजनीतिक आडमा रहि दलालिको काम गर्दै आएका छन् । उनले पनि आफु ठेक्का पट्टा गर्ने बताए । काठमाडौंका मात्रै महानिर्देशक हुने परिपाटी थियो कार्कीले भने, बाहिरको व्यक्ति बनाउनु पर्छ भनेर हामी लागेका हौें । त्यसलाई सफल पनि बनायौं । यसको सबै धामि झार्की ठेकेदार विशाल पण्डित भएको कार्कीले बताए । पण्डितले स्वास्थ्य क्षेत्रका ८० प्रतिशत टेन्डर जिम्मेवार व्यक्ति आफ्नो हालमा लिई आफ्नै कम्पनीलाई पार्दै आएका छन् । यदि टेन्डर नपरे भ्रष्ट्राचार गरेको अभियोगमा अदालतमा जानेर रोक्ने काम गर्दै आएका छन् । हस्पिटेक ईन्टर प्राईजेजका प्रमुख समेत रहेका पण्डितलाई मैले स्वास्थ्य मन्त्री बोहोरा संग भेट गराएको हुँ उनले भने । उनले बाहिरको व्यक्तिलाई ल्याएर बोहोराले महानिर्देशक बनाउनुलाई सकारात्मक मान्नु पर्ने स्पष्ट पारे । 

प्रति वर्ष २ अर्वको खरिद
स्वास्थ्य मन्त्रालय अन्तर्गका सबै खरिद बिक्रि स्वास्थ्य सेवा विभाग मातहतबाट हुने गरेको छ । मन्त्रालयका अनुसार सबै जिम्मा विभागको भएका कारण आर्थिक चलखेल त्यही हुने गरेको छ । पुर्व स्वास्थ्य सचिवत तथा स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीका अनुसार प्रति वर्ष २ अर्व रुपैयाँ माथिको खरिद विक्रि हुने गरेको छ । त्यसका लागि दलालहरुले आफु अनुकुल व्यक्ति महानिर्देशकमा लैजानका लागि करोडौं रुपैयाँ सम्म खर्च गर्दै आएका छन् । 

Last modified on 2018-02-25 07:12:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts