आगामी १३ वर्ष भित्र नेपाललाई करिब डेढ लाख नर्स आवश्यक पर्ने 



Download our app to get more features

काठमाडौं, ११ फागुन । पछिल्लो केही वर्ष यता स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मीको अभाव देखिदै जान थालेको छ ।

देशमा उत्पादन भएका जनशक्तिको २० प्रतिशत पनि सेवामा आवद्ध गराउन नसक्दा केही वर्ष भित्रै नेपालमा नर्सको अभाव टड्कारो रुपमा खड्किने देखिएको हो । नेपाल नर्सिङ्ग परिषद्का अनुसार नेपालमा हाल ७४ हजार ८ सय ४० जना नर्सिङ्ग जनशक्ति रहेको छन् । अ.न.मी. २८ हजार ५ सय ९१ र प्रविणता प्रमाणपत्र÷वि.एस्सी नर्सिङ्ग अध्ययन गरेको नर्सहरु ४६ हजार २ सय ४९ छन । 

त्यस मध्ये नेपाल सरकार, र निजी स्वास्थ्य सस्थामा गरी २५ हजार नर्सिङ्ग जनशक्ति नर्स÷अ.न.मी. मात्र स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ । नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ्ग जनशक्ति उत्पादन गरिन्छ, जसमा अ.न.मी. २ हजार,  प्रमाण पत्र तह ४ हजार ७ सय ६० र  वि.एस्सी. ९ सय ८० हुने गरेका छन् ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३१ सम्ममा नेपालमा १ लाख ६७ हजार ७ सय २८ नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्तिको उत्पादन हुने अनुमान गरिएको छ । तर २०३० मा नेपाललाई १ लाख ३६ हजार ७ सय ९४ जना नर्सिङ आवश्यक पर्ने देखिएको छ । स्वास्थ्य मन्त्रालय नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रमुख कविता अर्यालका अनुसार हाल देशमा ६८ हजार ४ सय ९० जना नर्सिङ जनशक्ति आवश्यक छ । 
आवश्यकता भन्दा भन्दा झण्डै ७ हजार नर्सिङ जनशक्ति देशभमा रहेपनि उनिहरुको व्यवस्थापन नगर्दा सेवामा गंभिर समस्या देखिएको छ । सन २०२० मै नेपालमा उत्पादन भएका नर्स भन्दा ३ हजार नर्स आवश्यक पर्ने देखिएको छ । उक्त समयमा देशलाई ७८ हजार नर्स आवश्यक पर्ने छ । 

यस्तो छ मानव संशाधन प्रक्षेपण
सन् २०११ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीमा आवश्यक स्वास्थ्य क्षेत्रको लागि मानव संसाधन प्रक्षेपण गरिएको थियो जसमा ८ हजार ६ सय ९० जना नर्सिङ्ग जनशक्तिको प्रस्ताव गर्दा २ जनाको दरले १ हजार २ सय ४ बर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य चौकीको लागि,  २ हजार ६ सय ३६ स्तरोन्नती स्वास्थ्य चौकीको लागि २ जना, २० ग्रामिण अस्पतालको लागि ३ जना,  ६५ जिल्ला अस्पतालको लागि ४ जना, ११ अंचल अस्पतालको लागि १० जना, क्षेत्रिय अस्पतालको लागि २० जना, १३ केन्द्रिय अस्तपालहरुको लागि २० जना तय गरेको थियो । २४ घण्टा सेवामा खटिनु पर्ने भएकाले यसमा सिmफ्ट चेन्जको पनि कुरा उल्लेख गरिएको थियो । 

मानव विकास सूचाङ्कको आधारमा नर्सिङ जनशक्ति
सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र जनसंख्या वृद्धिदर १.३५ रहेको छ । यसलाई आधार मानी हेर्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या करिब ३ कराड ५५ लाख हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दश हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समते गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनु पर्दछ । विश्व स्वास्थ्य संगठनको २०१३  र स्वास्थ्य मन्त्रालय २०१३ को तथ्याकं अनुसार नेपालमा प्रति दश हजार जनसंख्याका लागि ६.८ स्वास्थ्यकर्मीहरू रहेको देखिन्छ । यदि १८६ राष्ट्रहरुको सीपमुलक स्वास्थ्य जनशक्ति चिकित्सक, नर्स र मिड्वाइफ को जनघनत्व हेर्ने हो भने ३ राष्ट्रहरुमा २२ प्रति दश हजार जनसंख्या र ६८ राष्ट्रहरुमा ३४.५ प्रति दश हजार भन्दा माथि रहेको पाइन्छ  ।

नेपाल सरकारले मुलुकलाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सुचीबाट विकासशिल मुलुकको सूचीमा स्तरोन्नति गराउने सरकारको लक्ष्यलाई साकार गर्न स्वास्थ्य क्षेत्रको सेवालाई पनि मुख्य आधारशिलाको रुपमा लिएको छ । त्यसरी लिएको लक्ष्यको उपलब्धी मानव विकास सूचाङ्कको आधारमा मापन गर्ने गरिन्छ । मानव विकास प्रतिवेदन, २०१५ अनुसार नेपालको मानव विकास सूचाङ्क ०.५४० रहेकोमा चौधौं योजनाको लक्ष्य अनुसार सो सूचाङ्क बढाएर आ.व. २०७५÷७६ सम्ममा ०.५७० पु¥याउने लक्ष्य लिएको छ ।
 

Last modified on 2018-02-23 11:20:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts