वंशाणुगत हुन्छ नै भन्ने छैन मधुमेह



Download our app to get more features
Spark_health_home Hotline number ads 2

गतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ ।
रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मिर्गौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ । प्राय प्रौढ उमेरमा निम्तिने मधुमेह (चिनी रोग)को समस्या अहिले युवा अवस्थामै देखिन थालेको छ ।

कारण हन्, वंशाणुगतदेखि व्यस्त जीवनशैली । जीवनशैली बेलैमा व्यवस्थित गर्न सके वंशाणुगत मधुमेह पनि रोकथाम र नियन्त्रण हुन्छ । सबैले जान्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने, मधुमेह सबैमा वंशाणुगत हुन्छ नै भन्ने हुँदैन ।

मधुमेहका प्रकार

१ प्यांक्रियाजमा इन्सुलिन उत्पादन नै नभएर मधुमेह हुन सक्छ । यस्तो मधुमेह बच्चामा बढी देखिने गर्छ । रोग नियन्त्रणका लागि सुरुदेखि नै इन्सुलिन दिनुपर्ने हुन्छ । जीवनभर नै इन्सुलिन प्रयोग गर्नुपर्छ ।

२ संसारमा यो प्रकारको मधुमेह भएका व्यक्ति धेरै छन् । महामारीका रूपमा फैलिँदै गएको यस प्रकारको मधुमेह वयस्कमा व्यापक देखिएको छ । जीवनशैली नै यो मधुमेहको मुख्य कारक देखिएको छ । खानपिन, मोटोपन, स्ट्रेस, व्यायाममा कमी मुख्य कारण हुन् । यस्ता व्यक्तिमा इन्सुलिन उत्पादन हुन्छ, तर निकै कम । उत्पादन भएको इन्सुलिनले काम पनि गर्न सक्दैन ।
तर, यो प्रकारको मधुमेह रोकथाम गर्न सकिन्छ । नियमित व्यायाम, सन्तुलित खानपान, तनाव कम लिने र मोटोपन नियन्त्रण गर्न सक्ने हो भने मधुमेह कम हुँदै जान्छ । कतिपयमा यो समस्या वंशाणुगत देखिएको छ । अहिले देखिएकोमा जीवनशैलीका कारण ५० प्रतिशत र वंशाणुगत ५० देखिएको छ । तर, वंंशजमा मधुमेह छ भन्दैमा पुस्तान्तरण हुन्छ नै भन्ने छैन ।

परिवारका नजिकका सदस्यमा समस्या छ भनेचाहिँ जीवनशैली व्यवस्थित बनाएर रोकथाम गर्न सकिन्छ । यो प्रकारको मधुमेह लाग्नै नदिन पनि सकिन्छ तर, एकपटक लागिसकेपछि पूर्ण निको भने गर्न सकिँदैन । नियन्त्रणमा राख्ने मात्रै हो । नियमित औषधि सेवन गर्नैपर्छ ।

३ यो प्रकारको मधुमेह गर्भवती अवस्थामा देखिन्छ । पछि आफैँ ठीक हुन्छ । कसै–कसैलाई भने यो नियमित पनि हुन सक्छ । केही अवधिमा ठीक भएन भने यो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेहका रूपमा परिवर्तन भएर जटिलता निम्तिन सक्छ ।

४ प्यांक्रियाजमा भएको रोगका कारण या कतिपय औषधि सेवनका कारणले यो प्रकारणको मधुमेह हुन्छ । वंशाणुगत कारणले पनि हुन सक्छ ।

लक्षण

मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ ।

रगत जाँच गरेपछि मात्रै मधुमेह छ छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छरछैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् ।

–मुख सुक्खा हुने ।

–पिसाब लागिरहने ।

–धेरै भोक लाग्ने ।

–तौल घट्ने ।

–घाउ हत्तपत्त निको नहुने ।

–हातगोडा झमझमाउने, निदाउने या गल्ने ।

नियन्त्रणमा नराखे.....

–मधुमेह बेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।

–मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।

–हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।

–शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।

–पैतालामा संक्रमण हुन सक्छ ।

इन्सुलिन किन प्रयोग गर्ने ?

मधुमेह जिन्दगीभरको रोग हो । यो रोग लागेपछि औषधि सेवन गर्नुको विकल्प नै छैन । औषधि सेवन र इन्सुलिन लिने दुई उपचार पद्धति छन् । तर, ५० प्रतिशत रोगीको रोग पत्ता लाग्दासम्म प्राय इन्सुलिन उत्पादन गर्ने कोषहरूमा मधुमेह भइसकेको हुन्छ ।
यतिबेला कोषको संख्या ५० प्रतिशतले घटिसकेको हुन्छ । क्रमशः घट्दै गएर शून्यमै पुग्छन् । यतिवेला नचाहेर पनि इन्सुलिन लगाउनै पर्ने हुन्छ, तर लगाउनुको कुनै अर्थ नहुन सक्छ । कोष नष्ट भइसक्दाको अवस्थामा आँखा, मुटु या किड्नीलाई छोइसकेको हुन्छ । सुगर धेरै तल–माथि भइसकेको हुन्छ ।

इन्सुलिनको मात्रा बाँकी हुँदा नै यसको प्रयोग गर्न सक्यो भने बाँकी रहेका इन्सुलिन उत्पादन गर्ने कोष बचाउन सकिन्छ । दिनमा एक डोज दिए पुग्छ । मधुमेह नियन्त्रण गर्न सकियो भने खासै डराउनुपर्दैन । विश्वमा ८ वर्षको उमेरदेखि इन्सुलिन प्रयोग गरिरहेकाहरू अहिले ८८ वर्षको जीवन बाँचिरहेका छन् ।

जान्नैपर्ने कुरा

–मधुमेह लाग्नै नदिन सकिन्छ ।

–लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।

–नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।

–वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।

–लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।

–मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

–मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।

रोगीले खान नहुने

–बढी गुलिया खानेकुरा ।

–धेरै नुनिला खानेकुरा ।

–मोटोपना बढाउने खानेकुरा ।

–बढी चिल्लो पदार्थ भएका खाना ।

–केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

रोगीले खान हुने

–हरियो सलाद, काँक्रो, गोलभेडा ।

–भिजाएका गेडागुडी ।

–नतारेका हरिया सागसब्जी ।

–मुला, गाजर ।

 

 

Last modified on 2016-05-15 17:31:39

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts