एक दिन मात्रै भएपनि पदबहाली गर्न डा.श्रेष्ठलाई मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, ११ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकको रुपमा पदवहाली गर्न स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठलाई आग्रह गरेका छन् ।

एक हप्ता देखि विभाग महानिर्देशक बिहीन बन्दा काम कारवाही रोकिएको भन्दै मन्त्रालयका अधिकारीहरुले डा. श्रेष्ठलाई पदवहाली गर्न आग्रह गरेका हुन । 

तत्कालिन स्वास्थ्य मन्त्री दिपक बोहोराले महानिर्देशकको रुपमा काम गरिरहेका डा. राजेन्द्र पन्तलाई हटाएर पोखरामा कार्यरत डा. तारा पौडेललाई महानिर्देशक बनाएपछि उत्पन्न बिवाद महानिर्देशक बिहीन अवस्थामा पुगेको छ । पन्तले आफुलाई बिनाकारण हटाएको भन्दै सर्वोच्चबाट अन्तरिम आदेश लिएर आएका थिए । पौडेललाई महानिर्देशक बनाउने नाउँमा मन्त्री बोहोराले डा. पन्तलाई रोक्न विदेशमा रहेका १२ औं तहका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठलाई फागुन २ गते विभागको महानिर्देशक बनाएका थिए । 

डा. पौडेलले मन्त्रालय बाहिर एक होटलमा लगि पदवहाली नगर्न भनेपछि श्रेष्ठले अरुको भाग खोस्न आफु नजाने भन्दै मन्त्रालयमै काम गर्दै आएका थिए । उनलाई रोक्न र पौडेललाईनै पुनः महानिर्देशक बनाउन हस्पिटेक ईन्टरप्राईजेजका मालिक विशाल पण्डित र अर्का एक ठेकेदार नारायण कार्कीको आडमा बाहिरी गिरोहले पटक पटक पदवहाली नगर्न दवाव दिएपछि उनि पदवहाली गर्न नगएको श्रेष्ठले बताए । 

पौडेललाई बनाउन नसकिने 
पौडेल र उनलाई महानिर्देशक बनाउन लाग्ने ठेकेदारहरुको दवाव थेग्न मन्त्रालयलाई निकै चर्को परेको थियो । स्वास्थ्य सचिव पुष्पा चौधरीले विभागको जिम्मेवारी पौडेललाई दिन नसक्ने बताएपछि श्रेष्ठ विभागको जिम्मेवारी संहाल्न जाने मनसायमा देखिएका छन् । आगामी फागुन २१ गतेबाट सेवा अवधि सकिन लागेका श्रेष्ठलाई एक दिन मात्रै भएपनि पदवहाली गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले १२ तहको व्यक्ति महानिर्देशक बनाउन सके आगामि दिनमा सिस्टम बस्ने अनुमान गरेको छ । तर, बाहिरी दलालको धम्कि र गैरकानुनी रुपमा गरिएको नियुक्तिले श्रेष्ठले जिम्मेवारी सम्हाल्न आनाकानी गरेका छन् । 
 

Last modified on 2018-02-25 07:12:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts