सहपाठीको आग्रह स्वीकार्दै डा. श्रेष्ठले गरे पदबहाली  



Download our app to get more features

काठमाडौं, ११ फागुन । सहपाठीको आग्रह स्वीकार गर्दै डा. विनोदमान श्रेष्ठले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी सम्हालेका छन् ।

९ दिन अघि तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले डा. श्रेष्ठलाई विभागको महानिर्देशकमा नियुक्त गरेका थिए । तर, श्रेष्ठले पदबहाली गर्न मानिरहेका थिएनन् । उनले केही दिन मै अनिवार्य अवकाश पाउँदैछन् । विभागमा पदबहाली गर्न नमानेपछि स्वास्थ्य मन्त्रालयमा कार्यरत ११औं र १२औं तहका सहपाठीहरूले पदबहालीका लागि आग्रह गर्दै आएका थिए । 

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ रहेका डा. श्रेष्ठ १२औँ तaहका हुन् । उनले शुक्रबार साढे १२ बजे विभाग पुगेर महानिर्देशकको रुपमा पदबहाली गरेका छन् । 

Last modified on 2018-02-23 17:02:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts