समयमै उपचार नपाएको भन्दै कैदीबन्दी आन्दोलित 



Download our app to get more features

विराटनगर, १२ फागुन । विभिन्न सँजाय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले बिरामी हुँदा समयमै उपचार नपाएपछि आन्दोलित भएका छन् । 

बिरामी परी उपचार गर्न गएका ६ जना कैदीबन्दीको हिजो उपचार नभएपछि कारागारमा कैदीबन्दी आन्दोलित भएका हुन् । कारागारको सुरक्षामा खटिएको प्रहरीले ढिलो गरी उपचार गर्न लादा कैदीबन्दीहरुको उपचार नभएपछि उनीहरुले हिजो दिउँसो कारागार भित्र आन्दोलनमा उत्रिए । ‘मोरङ कारगारका ६ जना कैदी शुक्रबार विरामी परेका थिए,’ कारागारका चौकीदार अबिशेक गिरीले भने, ‘कारागार प्रशाननले अस्पताल लैजाने चिठी समेत बनायो । 

सुरक्षामा खटिएका प्रहरीले समयमै अस्पताल नलाँदा कैदीबन्दी उपचारबाट बञ्चित हुनुपरेको छ ।’ मोरङ कारागारमा विभिन्न रोगका करिब ५० जना विरामी रहेको चौकीदार गिरीले बताए । ‘बिरामी परेका कैदीबन्दी हस्पिटल जान कारागारको ‘पिकेट’ मा बिहान ८ बजेदेखी नै लाइनमा बसेका हुन्छन्,’ चौकीदार गिरीले भने, ‘सुरक्षामा खटिएका प्रहरी हस्पिटलको समय अवधि सकिन लाग्दा मात्र आइपुग्दा कैदीबन्दि उपचारबाट बञ्चित हुनुपरेको छ ।’  ‘प्रहरीले दिउँसो १२ बजे अस्पताल लिएर जान्छन्, हिजो  सञ्चारकर्मीसँग कैदीबन्दीले भने, ‘अस्पताल पुग्दा पूर्जी काट्ने समय नै सकिएको हुन्छ । प्रहरीकै ढिलासुस्तीले गर्दा हामीले उपचारबाट बञ्चित हुनुपरेको छ ।’ ती कैदीले थपे, ‘उपचार गर्न लगेपनि प्रहरीले निकिष्ट  व्यवहार गर्ने गरेको छ । प्रहरीले कैदीबन्दीलाई मानवता व्यवहार नै गर्दैन ।’ 

मोरङ कारागारमा सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक गणेश राइले हिजो गाडी आउन ढिलो भएको कारणले गर्दा मात्र ढिलो भएको बताए । अन्य बेलामा समयमै उपचार गर्न कैदीबन्दीलाई जाने गरेको उनले दाबी गरे । उनले भने, ‘केही समयअगाडी कैदी फरार भएपछि अहिले सुरक्षा चाँही कडा पारिएको हो । यद्यपी कैदीबन्दीलाई समयमै उपचार गर्न लाने गरको छौं ।’कारागारका जेलर प्रेम प्रसाद सापकोटाले बिरामी हुने वितिकै अस्पताल  लैजान आफूहरुले चिठी बनाइदिने गरेको बताए । ‘हिजो सुरक्षाकर्मीले ढिलोगरी उपचार गर्न लाँदा कैदीबन्दीको उपचार नभएको रहेछ,’ उनले भने, ‘यस विषयमा मैले जिल्ला प्रसाशन कार्यालयसमेत जानकारी गराएको छु ।’

कारागारमा ५० जना बिरामी 
क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको मोरङ कारागारमा विभिन्न प्रकारका करिब ५० जना कैदीबन्दी रहेको छ । उक्त कारागारभित्र  सबैभन्दा बढी हिँडडुल गर्ने ठाउँ साँघुरो हुँदा खुट्टा लक हुने बिरामी बढी रहेका छन् । त्यस्तै घोडा, छाला र श्वासप्रश्वासको बिरामी कैदीबन्दी रहेको चौकीदार गिरीले बताए । 

मोरङ कारागारमा क्षमताभन्दा बढी कैदी
मोरङ कारागरामा क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । ३ सय जनाको क्षमता रहेको कारागारमा अहिले क्षमताभन्दा दोब्बर कैदीबन्दी छन्  । मोरङ कारागारमा ६ सय ८५ जना पुरुष कैदीबन्दी तथा  ६६ जना महिला र ६ जना आश्रित बालक रहेको जेलर सापकोटाले जानकारी दिए ।

Last modified on 2018-02-24 11:37:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts