यो उमेरदेखि शुरु हुन्छ हस्तमैथुन !



Download our app to get more features

बीबीसी,१२ फागुन । हस्तमैथुनका बारेमा मानिसहरुमा विभन्नि भ्रंमहरु भेटिने गर्दछन् ।

कति मानिस त यसलाई गलत तथा नचाहिने क्रियाकलापका रुपमा लिने गर्दछन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मानेको छैन् । विज्ञानले यसलाई स्वास्थ्यका लागि राम्रो र सामान्य प्रक्रियाका रुपमा व्याख्या गरेको छ । 

हस्तमैथुन के हो ?
आफैले आफूलाई मिठो अनुभुती प्रदान गर्नका लागि प्राइभेट पार्टलाई छुने वा चलाउने क्रिया नै हस्तमैथुन हो । तर प्रत्येक मानिसले फरक–फरक तरिकाबाट यो क्रियाकलाप गर्ने गर्दछन् । हस्तमैथुनका क्रममा मानिसहरुले आफ्नो दिमागमा मिठा र आनन्ददाय पलको स्मरण तथा कल्पना गर्ने गर्दछन् । 

के हस्तमैथुन गलत हो?
पटक्कै होइन । यो आफूलाई आफैलै स्वर्णिम आनन्द प्रदान गराउने प्राकृतिक तरीका हो । यसमा आफूलाई आफैले खुशी दिइएको हुन्छ । यसलाई निकै निजी मामलाको विषका रुपमा लिने गरिन्छ । तर यो कुराको ध्यान दिन जरुरी छ की सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु भने गैरकानुनी हो । विभिन्न अध्ययनहरुका अनुसार १७ वर्षको उमेर देखि मानिसमा यो मैथुन गर्ने चाह बढ्ने गर्दछ र धेरैले यहि उमेरदेखि नै शुरु गर्ने गर्दछन् । तर सबैले हस्त मैथुन गर्दछन् नै भन्ने छैन् । आफूलाई मन लाग्दैन रुची छैन् भने यो गर्नपर्ने बाध्यकारी क्रियाकलाप भने होइन ।

हस्तमैथुनले हानी गर्ला त? 
गर्दैन । कति मानिसको बुझाइमा यसले पागल बनाउँछ या दिमागी सन्तुलन बिगार्दछ भन्ने पनि छ । तर यो मित्थ्या मात्र हो । हस्तमैथुनले आँखाको मुनी डार्क सर्कल बस्छ, शारीरिक विकाश रोक्छ यी यावत कुरा मात्र भंम हुन सत्य होइनन् । बरु हस्तमैथुनले मानिसको तनाव कम गर्न मद्दत गर्दछ । मन तथा शरीर खुशी राख्न सहयोग गर्दछ । हस्तमैथुनपछि रिलिज हुने खुशीको हर्मोनले मानिसलाई सुखी र खुशी बनाउन धेरै हदसम्म सहयोग गर्दछ । 
 

Last modified on 2018-02-25 07:11:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts