दिनभरी बस्दा पनि अपाङगता भएकाहरुले पाउँदैनन् उपचार सेवा



Download our app to get more features

उदयपुर, १२ फागुन । कार्यालय समयमा अस्पताल पुगेपनि जिल्ला अस्पताल उदयपुरले आफुहरुलाई उपचार सेवामा चासो नदिएको अपांगहरुले गुनाँसो गरेका छन् । 

परिचय–पत्रका लागि अनिवार्य अस्पतालको रिपोर्ट भएपछि अस्पताल पुगेका अपांग सेवाग्राहिहरुलाई उपचार सेवामा चासो नदिएको उनिहरुको भनाई छ । 

उनिहरुका अनुसार आफन्तहरुको सहयोगमा बिहानै टिकट काटेर समयमै अस्पताल पुगेपछि केहि सेवाग्राहिहरुलाई सेवा दिएर खाजा खानेसमय भन्दै डाक्टरहरु बाहिरिएका थिए ।
 करिब दुई बजेदेखि पाँच बजेसम्म अलपत्र अवस्थामा अपांग सेवाग्राहिहरुलाई अस्पताल राख्नु परेको वडाअध्यक्ष धनकुमार दनुवारले बताए । उनका अनुसार घण्टौंसम्म कुरेरपनि सबै बिरामीहरुको रिपोर्ट बन्न सकेन । 

अहिले महिला तथा बाबबालिका कार्यालय उदयपुरको सहयोगमा सेवाग्राहिहरुलाई गाईघाटमा राखिएको छ । वडाभित्रका  महिला पुरुष गरि २६ जना अपांग सेवाग्राहिहरु अस्पताल आएका थिए । 
 

Last modified on 2018-02-24 10:45:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts