महिला किन चाँडै थाक्छन् ?



Download our app to get more features

हालै गरिएको एक अध्ययन अनुसार महिला पुरुषभन्दा चाँडै थाक्ने गरेका छन् । अध्ययनमा भनिए अनुसार महिलाको शरीरको घडि पुरुषको शरीरको घडीको तुलनामा १.७ देखि २.३ घण्टा फास्ट चल्ने गर्छ । जसकारण महिलाहरु पुरुषको तुलनामा चाँडै थाक्छन् र साँझ पर्ने वित्तिकै उनीहरुलाई निद्रा लाग्न थाल्छ ।

यो अध्ययन क्यानडा स्थिति ल्याकेस्टर यूनिभर्सिटी मेडिकल स्कूलका अध्ययनकर्ताहरुले गरेका हुन् । अध्ययनमा भनिएको छ, पुरुष र महिलाहरुको शरीर एकदमै फरक–फरक प्रक्रियाले काम गर्छ । पुरुषको तुलनामा महिलाको शारीरिक घडी १.७ देखि २.३ घण्टा छिटो चल्ने गर्छ । उनीहरुको धड्कन पनि पुरुषको तुलनामा बढी तेज गतिमा चल्ने गर्छ । अध्ययनकर्ताहरुले यसको प्रमुख कारण महिलाहरुको सेक्स हार्मोन भएको बताएका छन् । 

विशेषज्ञहरुका अनुसार, सेक्स हार्मोनका कारण हामी परेला झिम्काउँछौँ, हाम्रो पाचनक्रियाले काम गर्छ, धड़कन चल्छ र कपाल सेतो अर्थात् फुल्ने हुन्छ । यसै कारण महिलाहरुलाई पुरुषको तुलनामा चाँडै थकान महशुस हुन्छ । महिला र पुरुषमा हार्मोनको मात्रा पनि छुट्टा–छुट्टै हुनाले धेरै काम क्रियाकलाप भिन्न–भिन्न हुन्छन् । जस्तैस् पुरुषमा पाचन क्रिया, महिलाको भन्दा छिटो हुन्छ, पुरुषको कपाल महिलाको भन्दा छिटो बढ्ने गर्छ । 

तिव्रगतिमा चल्छ महिलाको धड़्कन 
महिलाहरुको मुटु पुरुषको भन्दा सानो हुन्छ । पुरुषको मुटु १८० ग्रामको हुन्छ भने महिलाहरुको मुटु मात्र १२० ग्रामको हुन्छ । पुरुषको भन्दा महिलाको मुटु आकारमा सानो भएको कारणले महिलाहरुको मुटु तेज गतिमा धड्कने गर्छ । अर्थात् पुरुषको मुटु एक मिनेटमा ७० देखि ७२ पटक धड्किन्छ भने महिलाहरुको मुटु एक मिनटमा ७८ देखि ८२ पटक  धड्किन्छ । 

यो पनि...
नोटिन्घम यूनिभर्सिटीका अध्ययनकर्ताका अनुसार महिलामा एस्ट्रोजनको मात्रा बढी हुन्छ । जसले गर्दा पुरुषको तुलनामा महिलाको परेलापनि धेरै पटक झिम्किने गर्छ । 
यूनिभर्सिटी अफ मिसौरीको अध्ययन रिपोर्टमा महिलाहरुमा नशालु पदार्थको असर किन चाँडै हुन्छ भन्ने पनि खुलाएको छ । अध्ययन रिपोर्टका अनुसार महिलाको शरीरमा अल्कोहल ब्रेक डाउन गर्ने इन्जाइम्स निकै नै कम मात्रामा हुन्छ, जसले गर्दा महिलामा नशालु पदार्थले बढी नशा दिने गर्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-02-25 09:40:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts