महिनावारीमा कम रक्तश्राव हुनुका यस्ता छन् ८ कारण



Download our app to get more features

प्रायः जसो महिलाहरु महिनावारीसँग सम्बन्धित छुट्टा–छुट्टै समस्याले ग्रसित हुने गर्छन् । कसैलाई अत्यधिक रक्तश्रावको समस्या हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ । 

कतिपय महिलाहरुमा महिनावारीको समय रक्तश्रावका साथै शरीरका विभिन्न अंगहरु बाउडिने समस्या पनि हुन्छ । साथै पेट दुख्ने र वाकवाकी लाग्ने पनि हुन्छ । यदि तपाईंको महिनावारीमा केहि परिवर्तन भई कम रक्तश्राव भयो भने त्यसले थोरै भएपनि राहत हुन्छ । तर, यस्तो कुनैपनि समस्या भयो भने चिकित्सकसँग सल्लाह लिनु नै राम्रो हुन्छ, किन की कम रक्तश्राव हुनुको पनि विभिन्न कारणहरु हुन सक्छन् ।  

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रामनरेश पण्डितका अनुसार महिनावारीमा कम रक्तश्रावका कारणहरु यस्ता छन् :

१. शरीरमा हर्मोनले हुने परिवर्तनले महिनावारीमा रक्तश्रावको मात्रालाई बढाउने वा घटाउने गर्ने हुन्छ । यदि तपाईको महिनावारी सामान्य थियो र अब कम रक्तश्राव हुँदैछ भने डराउनु पर्ने अवस्था छैन र चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्छ । 

२. आधा उमेरको महिलाहरु जो महिनावारी रोकिने अवस्थामा पुगिसकेका हुन्छन् उनीहरुलाई पनि रक्तश्राव कम हुने गर्छ । किनकी उनीहरुको शरीरमा एस्ट्रोजेनको मात्रा कम हँदै जान्छ । 

३. कम उमेरका महिलाहरुमा पनि लाइट ब्लिडिंगको समस्या हुने गर्छ । विशेषगरी कम रक्तश्राव त्यो महिलाहरुमा हुने गर्छ जसको महिनावारी सुरु हुने क्रम हुन्छ । लाइट ब्लिडिंगका साथै कतिपटक त महिनावारी नै धेरै समय सम्म नहुने पनि समस्या हुन्छ ।

४. जीवनशैलीमा परिवर्तन, शारीरिक क्रियाकलाप बढ्ने वा घटने तथा तनावले गर्दापनि रक्तश्रावको मात्रामा प्रभाव पार्छ ।

५. थाइराइडको अवस्था, खानपान, पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम, स्वास्थ्य सम्बन्धी समस्याले गर्दा पनि महिनावारीमा प्रभाव पार्ने हुन्छ ।  

६. कन्ट्रेसेप्टिव औषधिको सेवनले पनि महिनावारीमा परिवर्तन आउने गर्छ जसले रक्तश्रावको मात्रामा कमि आउन थाल्छ । 

७. गर्भावस्थाका समय पनि महिलाहरुमा म्यूकस डिस्चार्ज हुन्छ, जुन सामान्य रक्तश्रावको जस्तै हुने गर्छ । यदि यो धेरै मात्रामा हुने गरेको छ भने तुरन्त डक्टरसँग परामर्श लिइहाल्नुपर्छ । 

८. गर्भावस्थाका बेला पहिलो तीन महिना सम्म सामान्य रक्तश्राव हुन्छ जुन मिसक्यारेजको संकेत पनि हो । त्यसैले यस्ता समस्या भएमा बिनाकुनै लापरवाही तपाईले डाक्टरसँग परामर्श लिनु उचित हुन्छ । यदि तपाई यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने समयमै उपचार र परामर्श लिनु राम्रो हुन्छ । साथै कम रक्तश्रावको बेला अदुवा, दालचीनी, धनियाँ, ज्वानो वा तातो खाना खानबाट बच्नुपर्छ ।  
 

Last modified on 2018-02-27 13:45:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts