होलीको रंग हटाउने सजिलो उपाय 



Download our app to get more features

होलीलाई रंगहरूको पर्व भनिन्छ । होलीको रंगले मानिसको जीवनमा खुशी भर्ने विश्वास गरिन्छ ।

यही विश्वासका साथ होली अर्थात फागुपूर्णिमामा मनाइन्छ ।तर, होली खेल्दा प्रयोग गरिने रंगहरूप्रति सजग नभएन छालामा गम्भीर असर पर्ने चिकित्सकहरूको भनाइ छ । होलीको रंगहरूलाई मन पराउने व्यक्तिका लागि होलीपछि कसरी सहजै रंग हटाउने भनेर केही सजिला टिप्स यहाँ प्रस्तुत गरिएको छ । साथै यी टिप्स अनुसरण गरे छाला तथा अनुहारमा निखार पनि ल्याउँछ । 

नङ रंग हटाउन
होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ । 

होली खेल्नु अघि तेल लगाउनुहोस् 
होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ । यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ

सादा पानी
कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ ।

अनुहारको सफाई
अनुहारको छाला सबैभन्दा संवेदनशील हुन्छ । रंगको असरबाट अनुहारलाई जोगाउन क्यालामाइनमा मह र गुलावजल मिसाएर अनुहारमा लगाउने । यदि छालामा खराब वा गुणस्तरहिन रंग लाग्यो भने त्यसले जलन र एलर्जी हुनबाट जोगाउँछ । ओइली छाला भएकाहरूले मुल्तानी माटोको फेस प्याक लगाउनु उपयुक्त हुन्छ । 

गोलभेँडाले पनि सफा हुन्छ रंग
होलीमा रंग धेरै दिनसम्म शरीरमा वा अनुहारमा रहिरहन सक्छ । तर, होली खेलिसके लगत्तै गोलभेँडाको फेस प्याक लगाउने हो भने सहजै रंग जान्छ । त्यसका लागि गोलभेँडालाई पिसेर त्यसमा मह र मुल्तानी माटो मिसाएर स्क्रब बनाउन सकिन्छ ।


(व्यूटिसियन लक्ष्मी साहसँगको कुराकानीको आधारमा)

Last modified on 2018-02-26 09:54:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts