स्वयंसेविकाले पाए मोबाइल र साइकल 



Download our app to get more features

कपिलवस्तु फागुन १५ । कपिलवस्तुका वाणगंगा र बुद्धभूमि नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई हिजो साइकल र मोबाईल फोन वितरण गरेको छ ।

नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई सेवालाई प्रभावकारी र सहज बनाउन साइकल र मोबाइल वितरण गरेको जनाएको छ । 

बाणगंगा नगरपालिका वडा ११ का महिला स्वास्थ्य स्वयमसेबिकालाई १ लाख २६ हजार बराबरको साईकल बितरण गरिएको हो ।

वडा अन्तरगत रहेका १८ जना महिला स्वयंमसेविका र २ जना महिला वडा सदस्यलाई साईकल बितरण गरिएको थियो ।
त्यस्तै बुद्धभूमि नगरपालिकाले संचार सुविधाका लागि करिव ३ लाख मुल्य बराबरका मोबाइल र सीम वितरण गरेको छ ।

नगरपालिकाको सब वडाका १ सय ४१ स्वयंसेविकाका लागि २ लाख ८४ हजार मूल्यको मोबाइल नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ र उपमेयर मिरा थारुले वितरण गरेका थिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts