सिंहदरबार भित्रै खडा गरियो हेल्थडेस्क, 'कामचोर' कर्मचारी असन्तुष्ट



Download our app to get more features

काठमाडौं,१५ फागुन । सिंहदरबारमा कर्मचारीका लागि आजदेखि हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्वास्थ्य उपचारको बहाना बनाउँदै कार्यालय समयमा कर्मचारी धेरै समय बाहिर जाने क्रम रोक्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको बताइएको छ ।

स्वास्थ्य चेक परीक्षणको बहानामा आफ्ना काम गर्न बाहिर जान नपाउने भएपछि यो डेस्कप्रति कर्मचारी नै बेखुशी रहेका छन् ।

कर्मचारीको नियमित स्वास्थ्य जाँच र प्राथमिक उपचारका लागि खडा गरिएको डेस्कप्रति कर्मचारीले नै असन्तोष व्यक्त गरेपपछि यसको दिगोपनामाथि प्रश्नचिन्ह उब्जिएको छ । उक्त डेस्कमा १ जना नर्स, १ जना पारामेडिक्स रहने छन् भने कर्मचारीको व्यवस्थापन वीर अस्पतालले गर्नेछ ।

राष्ट्रिय पुनः निर्माणको भवनमा रहेको उक्त डेस्कमा तत्कालका लागि २ वटा कोठा,  एउटा वेड र सामान्य उपचार उपकरण उपलब्ध रहेका छन् । 


Last modified on 2018-02-27 13:44:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts