चामलको पानी जसले राख्छ तपाईँलाई सँधै स्वस्थ र जवान



Download our app to get more features

हामी स्वस्थ रहनका लागि विभिन्न उपायहरु अपनाउने गर्छौ । 

घरेलु उपचारदेखि बाहिरी उपचार सम्म । हामीले सबैभन्दा पहिले बिरामी हुँदा घरेलु उपचारलाई नै प्राथमिकता दिने गर्छौँ । किनकी घरेलु उपचार नै सबैभन्दा पहिले र राम्रो हुन्छ । हामीले प्रयोग गर्ने सामग्री नै हाम्रो स्वास्थ्यको औषधि हुन्छ ।

हामीले प्रयोग गर्ने घरेलु सामग्री मध्ये एक हो चामल । चामलको अनेक प्रयोग हुन्छ तर चामलको पानी पनि हाम्रो स्वास्थ्यको लागि धेरै नै महत्वपूर्ण हुन्छ । चामल पकाउने बेलामा प्रयोग हुने पानीलाई हामीले फोहोर भनेर फाल्ने गर्छौँ । तर, हामीले फाल्ने चामलको पानीमो कति गुण हुन्छ भन्ने बारेमा हामीले कहिल्यै सोच्दैनौ । चामल पखाल्ने पानीलाई हामीले आफ्नो अनुहार र कपालमा लगाउने हो भने त्यसले हाम्रो कपाल र अनुहारको छालालाई धेरै नै फाइदा पुर्याउँछ ।

चामलको पानीमा अनेक प्रकारका पौष्टिक तत्व हुन्छन् । जस्तै : भिटामिन, प्रोटीन र एन्टी अक्सीडेन्ट्स पर्याप्त मात्रामा पाइनछ । जसले अनुहारको छालालाई सँधै चम्किलो र ताजा राख्छ साथै अनुहारमा डन्डिफोर र सुख्खापन हुन दिदैंन भने बुढेशकाल पनि चाँडै आउनबाट रोक्छ । कसरी प्रयोग गर्ने चामलको पानीको प्रयोग ः चामललाई पानीमा पकाइ सकेपछि पानी (माड) लाई सेलाउन दिने ।

त्यसपछि त्यो पानीलाई छानेर छुट्टै राख्ने र अनुहारमा २५ मिनेटसम्म मसाज गर्ने । त्यसपछि चिसो सफा पानीले अनुहार धुने । त्यस बाहेक त्यो पानी (माड) लाई पिउनाले कब्जियतको समस्या पनि हराएर जान्छ । त्यतिमात्र नभई गर्मीको मौसममा शरीरमा पानीको मात्र कम हुने हुँदा चामलको पानी पिउनु पर्छ । यसले शरीरमा पानीको कमी हुनबाट बचाउँछ । ज्वरो लागेमा चामलको पानी पिउनाले चाँडै सन्चो भइन्छ । शरीरमा आवश्यक पर्ने पोषक तत्व पनि चामलको पानी पिउनाले पुरा हुन्छ । चामलको पानीमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट्स र अमीनो एसिड पाइन्छ जसले शरीरमा उर्जा प्रदान गर्छ ।  

(एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-02-28 10:45:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts