नेपाल मै पहिलोपटक वयोधा अस्पतालले ल्यायो ‘रिमोट मोनिटरिङ टेक्नोलोजी’



Download our app to get more features

काठमाडौं, १७ फागुन । वयोधा अस्पतालले नेपालमै पहिलो पटक रिमोट मोनिटरिङ टेक्नोलोजी मेसिमो पेसेन्ट सेफ्टिनेट नामक अत्याधुनिक मेशिन भित्र्याएको छ । मेसिमोको प्रयोगले बिरामीको रगतमा भएको अक्सिजन, मुटुको धड्कन र परफ्युजन इन्डेक्सको जाँच गर्न सकिन्छ । 

मेसिमो मानव शरीरको अक्सिजन मापन गर्ने संसारकै पछिल्लो अत्याधुनिक मेशिन भएको मेसिमोका अधिकारीहरुले दावी गरेका छन् । यसले बिरामीको अक्सिजन मापन गर्नुका साथै अप्रेसनका लागि बिरामीलाई कुन तहको बेहोशीमा लैजाने भन्ने बारेमा पनि जानकारी दिन्छ । शरीरको अक्सिजन गलत मापन भयो भने बिरामीको ज्यानै समेत जान सक्ने भएकाले अत्याधुनिक मेशिन ल्याइएको अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले बताए ।

उक्त उपचार पद्धतिका लागि बिरामीसँग कुनै पनि किसिमको अतिरिक्त खर्च नलिइने उनले बताए । यसअघि अस्पतालले नेपालमै पहिलो पटक इआइसियू सेवा पनि सुरु गरिसकेको छ । 

के हो रिमोट मोनिटरिगं टेक्नोलोजी?
रिमोट मोनिटरिगं टेक्नोलोजीमा धेरैजना बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ । बिरामीको औंलामा उक्त डिभाइस लगाइसकेपछि एक जना नर्सले कम्प्युटरको सहयोगमा एकैपल्ट धेरै बिरामीको मुटुको धडकन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा अवलोकन गर्न सकिन्छ । यो एक प्रकारको नेटवर्किंग टेक्नोलोजी हो । बिरामीहरु फरकफरक वेडमा राखिएपनि वार्डका नर्स र डक्टरसँग भएको पेजरमा नै हरेक बिरामीको अवस्थाको बारेमा जानकारी आउँछ । जसले गम्भीर अवस्थाका बाहेक सामान्य अवस्थाका बिरामीको उपचार गर्न सहज हुन्छ । 

 

Last modified on 2018-03-02 07:43:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts