बलिउडका यी कलाकार जसले ‘हृदयघात’का कारण मृत्युवरण गरे



Download our app to get more features

एजेन्सी, १९ फागुन । पछिल्लो केही समययता बलिउडका चर्चित कलाकारको निधनको कारण हृदयघात बनिरहेको छ । 

देव आनन्द: आनन्द बलिउडको पहिलो रोमान्स किंगका रुपमा चिनिन्छन् । ब्ल्याक एण्ड ह्वाइट अर्थात् ५० देखि ७० को दशकमा अभिनयको जादू चलाएका देव आनन्दको ८८ वर्षको उमेरमा निधन भयो । उनको निधनको कारण पनि कार्डियाक अरेस्ट नै थियो ।

विनोद मेहरा: सन् १९५० को दशकमा बलिउडमा बाल कलाकारको रुपमा पाइला टेकेका विनोद मेहराको पनि ४८ वर्षकै उमेरमा निधन भयो । उनको निधनको कारण पनि हृदयघात नै थियो ।

इन्दर कुमारः यसअघि बलिउड कलाकार इन्दर कुमारको पनि हृदयघातकै कारण निधन भएको थियो । ४३ वर्षकै उमेरमा कार्डियाक अरेस्टका कारण उनको निधन भएको थियो । 

ओम पुरीः बलिउडका चर्चित कलाकारमध्येका एक ओम पुरीको पनि हृदयघातकै कारण निधन भएको थियो । नेगेटिभ र पोजेटिभ दुबै भूमिकाको अभिनयबाट दर्शकमाँझ स्थापित पुरीको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

रिमा लागू: बलिउडकी आमा भनेर चिनिने कलाकार रिमाको निधन पनि हृदयघातबाटै भएको थियो । ५८ वर्षीया रिमालाई छातीमा पीडा भएपछि अस्पताल लगिए पनि कार्डियाक अरेस्टका कारण उनको ज्यान गएको थियो । 

रजाक खान: खान बलिउड र भारतीय टेलिभिजन क्षेत्रका एक चर्चित हास्य कलाकार हुन् । रुपकी रानी, चोरोका राजा, मोहरा, बडे मिया छोटे मिया जस्ता चलचित्रमा अभिनय गरेका उनको हृदयघातकै कारण ६५ वर्षको उमेरमा निधन भएको थियो ।

देवेन बर्मा: बर्मा भारतीय चलचित्रका एक प्रसिद्ध कलाकार हुन् । ६० को दशकबाट बलिउिडमा पाइला टेकेका देवेनले हास्य कलाकार र भावुक कलाकारका रुपमा आफूलाई स्थापित गराएका थिए । ७७ वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भएको थियो ।


सदाशिव अमरपुकार: पुकार बलिउडका चर्चित खलनायकका रुपमा चिनिन्छन् । उनले इश्क, हम साथ साथ है, कच्चे धागे जस्ता चलचित्रमा अभिनय गरेका छन् । हृदयघातकै कारण उनको निधन ६४ वर्षको उमेरमा भएको थियो ।

फारुक शेख: शेखले थिएटरबाट अभिनय यात्रा सुरु गरेका थिए । ७० को दशकमा बलिउड छिरेका फारुखको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।

Last modified on 2018-03-04 09:12:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts