फागुन २९ गतेदेखि डा. केसी अनशन बस्ने



Download our app to get more features

काठमाडौं, १९ फागुन । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भन्दै पटक पटक अनसन बसेका चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसी फागुन अन्तिम बाट पुनः अनसन बस्ने भएका छन् । 

प्रधानन्यायधीश गोपाल पराजुलीले भ्रष्टाचार गरेको र चरम पदीय दुरुपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेको दावि गर्दै डा. केसीले न्यायालयको मर्यादा फर्काउनका लागि अनसन बस्नु परेको शनिवार विज्ञप्ति निकाल्दै जनाएका छन् । 

प्रधानन्यायाधीश पराजुलीको तर्फबाट आफ्नो वकिललाई ज्यान मार्ने धम्की दिएको भन्दै डा.केसीले प्रधानन्यायाधीशले मिडियामाथि सेन्सरसिप लगाएर आफ्नो कुकर्महरु छोप्ने प्रयास गरेको आरोप समेत लगाएका छन् । 

न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि संसदले पराजुलीमाथि महाभियोग लगाएर हटाउनुपर्ने डा.केसीको भनाइ छ । संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत नगरे आउदो फागुन २९ गते अनसन सुरु गर्ने उनको तयारी छ । 

डा.केसीका मागहरु यस्ता छन् :

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस् । 

२) चिकित्सा शिक्षासम्बन्धी  न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोविम कारवाही गरियोस् । 

Last modified on 2018-03-04 09:12:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts