शरीरमा प्रोटिनको कमीले हुन्छ यस्ता समस्या



Download our app to get more features

राम्रो स्वास्थ्यका लागि पोषित आहार खानु आवश्यक छ । पोषित आहारमा प्रोटिन हुन्छ । शरीरमा प्रोटिनको कमी भयो भने स्वास्थ्य सँग सम्बन्धित अनेक समस्याहरुको सामना गर्र्नुपर्छ । 

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनका अनुसार प्रोटिनको आवश्यकता हाम्रो तौल र क्यालोरी इनटेकमाथि निर्भर गर्छ । शरीरमा भएको कुल क्यालोरी मध्ये २० देखि ३५ प्रतिशत प्रोटिनबाट आउनु पर्छ । यदि हामी प्रतिदिन २ हजार क्यालोरी सेवन गर्छौ भने त्यसबाट ६ सय क्यालोरी प्रोटिनबाट प्राप्त हुनुपर्छ ।  

शरीरमा प्रोटिनको कमीले के हुन्छ ?
१.
पर्याप्त प्रोटिन भएन भने जोर्नीमा रहेको तरल पदार्थको निर्माण कम हुन थाल्छ, जसले शरीरको लचिलोपन घट्दै जान्छ । 
२. शरीरमा प्रोटिनको कमीले सेतो रक्त कोषिका (ह्वाइट ब्लड सेल) को संख्या कम हुन थाल्छ । 
३. हेमोग्लोबिनको मात्रा पनि कम हुन थाल्छ । 
४. रगतमा ग्लुकोजको मात्रा कम हुँदै जान्छ । 
५. प्रोटिनको कमी भएपछि पटक पटक भोक लागि रहन्छ । 
६. सहि मात्रामा प्रोटिन खाइएन भने तपाईंको कपाल र नङमा नकारात्मक प्रभाव पर्न थाल्छ ।
७. रोग प्रतिरोधात्मक क्षमतामा कमी आउन थाल्छ जसले गर्दा तपाईं बिरामी हुन थाल्नु हुन्छ । साथै शरीरमा दुखाई पनि हुन थाल्छ । 

प्रोटिनको कमीले देखिने लक्षण 
दूध:
 दूध प्रोटिनको एक राम्रो स्रोत हुनुका साथै यसमा क्याल्शियम र भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ ं। 

फाइबर युक्त अनाज र दाल: फाइबरयुक्त अनाज र दालमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ । शाकाहारीहरुले प्रोटीनका लागि प्रतिदिन ४५ ग्राम ड्राइ फ्रुट्स र २÷३ कप विन्जको आवश्यक्ता हुन्छ ।  

ओखर: यसमा भिटामिन बी कम्प्लेक्स विशेष रुपले बीट र मिनरल जस्तै आइरन, म्याग्नेशियम, कपर र जिन्क पर्याप्त मात्रामा पाइन्छ । 

बिन्स र सी फूड: बिन्स र सी फूड (समुद्री स्रोतका आहार) मा प्रोटीनको साथै फाइबर पर्याप्त मात्रामा पाइन्छ । 

अन्डा: अन्डामा सबैभन्दा राम्रो गुणस्तरको प्रोटिन पाइन्छ, जसको सेवन एक स्वस्थ मानिसले बिना कुनै स्वास्थ्य समस्या नियमित रुपले गर्न सक्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-09 09:41:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts